The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बाल-पत्रिकाको लागि: बेटर चितवनले सांगीतिक कार्यक्रम गर्ने - 2017-07-12

आषाढ २८ बुधवार, चितवन । बेटर चितवन अभियानले चितवनकै पहिलो मासीक बाल पत्रिका प्रकाशनको लागि श्रावण १४ गते बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कुन-कुन जिल्लामा: क-कस्ले एकलौटी बहुमत - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । स्थानीय तहको चुनाव भएका ६ प्रदेशका ६७ जिल्लाले सम्भावित उम्मेदवारको नाम र बहुमत नभएका ठाउँमा तालमेलको अवस्थाबारे केन्द्रमा जानकारी गराउन नेकपा एमालेले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम २ साताभित्र केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

सरकारको काम कहिलेजाल घाम: राहत पाउनुअघि नै द्वन्द्वपीडितको निधन - 2017-07-12

आषाढ २८ बुधवार, रसुवा । उत्तरगया गाउँपालिका-३, ठूलो गाउँका ४५ वर्षीय रसबहादुर गुरुङको मृत्यु भएको जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जानकारी दिनुभयो । राहतलिन सदरमुकाम धुञ्चे पुगेका द्वन्द्वपीडितको राहत पाउनुअघि नै निधन भएको हो ।

चक्रपथ क्षेत्रमा बिहान र बेलुका ठुला सवारीसाधन रोक - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको संयुक्त बैठकले बिहान ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

९ ओटा सुनका बिस्कुट सहित एकजना पक्राउ: प्लाष्टिकको चामल बेच्ने प्रहरी नियन्त्रणमा - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिएका छन् ।

शोकमा गोर्खाल्यान्ड क्षेत्र: आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुग्यो - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ । घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन्।

आठ दाताबाट तिन करोडको जमिन दान: प्रहरी कार्यालयल द्वारा सम्मान - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । आफ्नो जग्गा नभएको तर कार्यालय निर्माणका लागि बजेट विनियोजित भएर आएपछि भवन निर्माणमा सहयोग पुर्याउन जग्गादान गरेका आठ दातालाई नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जिल्ला प्रहरी कार्यालयमा मङ्गलबार आयोजित विशेष कार्यक्रम बीच प्रशंसापत्रले सम्मान गरेका हुन् ।

अपेक्षाकृत परिणाम ल्याउन नसक्नु: गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात मूल कारण हो - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्ययोजनाका विषयमा मावोबादीको सचिवालय बैठकक बोलाउने भएको छ ।

राज्यकोषको दुरुपयोग: एकअर्व भन्दा माथि बिदेश भ्रमण खर्च - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको भेटिएको छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862080 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top