The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


असुरक्षित बन्दै पत्रकारहरु: नगरलेखा अधिकृतद्धारा सञ्चारकर्मी माथि दुर्व्‍यवहार - 2017-07-09

आषाढ २५ आइतवार, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुरमा स्थानिय पत्रकारहरुको बैठक सम्पन्न भएको छ । बैठकले संचाकर्मी रञ्जन यादबसंग दुरब्यवहार गर्ने नगरपालिकाका लेखा अधिकृत विश्मील्लाह अंसारीको कार्यप्रति खेद प्रकट गरेको छ ।

सुरक्षाकर्मीको गोलीबाट दार्जीलिङमा तीनको मृत्यु - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा । दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ ।

शुद्ध प्लस गुटखा उधोगमा सिलबन्दी: गुणस्तरहीन भएको खुलासा - 2017-07-08

आषाढ २४ शनिवार, कपिलवस्तु । कपिलवस्तुको बहादुरगंजस्थित शुद्ध प्लस गुटखा उद्योगमा प्रशासनले छापा हानेर सिल गरेको छ । कृष्णनगर नगरपालिका ८ स्थित हाडिर्जाड फेग्नेन्स इन्डस्टि्रजमा उत्पादन गरिने शुद्धप्लस गुटखाले मापदण्ड पुरा नगरेको, उत्पादन गुणस्तरहीन भएको र राजस्व छली गरेको आशंकामा सिलबन्दी गरेको हो ।

बढ्यो सर्प आतंङ्क: बिषालु सर्पको डसाईले एक महिलाको मृत्यु - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा गत शुक्रवार दिउँदो २ बजे बाराको कोल्हबि नगरपालिका ४ मा बिषालु सर्पको डसाईले एक महिलाको मृत्यु भएको छ ।

नुवाकोटमा चट्याङ लागेर १ को मृत्यु घाइते ३ जनालाई काठमाडौं ल्याइयो - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा गत रति परेको चट्याङना मेघाङ गाउँपालिका–६ सामरी मैबलमा एक जनाको मृत्यु भएको हो, भने चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् ।

जोखिममा जनता: संधै सुस्त कहिले बन्ने सडक - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा । साबिकको मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मेका यात्रुहरु बर्खाको सुरुवात मै जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन । ७२ को विनाशकारी भूकम्पको कारण भौतिक तथा मानविय क्षति बेहोराका जनताहरुलाई खराब सडकको कारणले सरकारी काम र पुननिर्माणको सामग्री ढुवानी गर्न जिल्ला सदरमुकाम बिदुर, साथै ढुङ्गे, त्रिशुली र आसपासका बजारमा निर्भर रहन बाध्य छन । १२ किलोमिटर यात्रालाई ३ घण्टा लाग्ने भएपछि स्थनीयमा यातायातको समस्या भएको हो ।

आज व्यवस्थापिका- संसदमा दुई विधेयक प्रस्तुत - 2017-07-07

आषाढ २३ शुक्रवार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् ।

सदरमुकाम कलैयाको सडक जिर्ण: सेवाग्रहि तथा संञ्चारकर्मिहरु भन्छन निकायले हामो कुरा सुन्दैन - 2017-07-07

आषाढ २३ शुक्रवार, बारा । बाराको सदरमुकाम कलैयाको सडकहरु मर्मत नहुँदा स्थानियबासि तथा सदरमुकाममा सेवा लिनआउने सेवाग्राही मर्कामा परेकाछन ।

प्रधानमन्त्री तथा गृहमन्त्री सप्तरीमा: बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने - 2017-07-07

आषाढ २३ शुक्रवार, सप्तरी । सप्तरीमा केहि दिनयताको वर्षापछि आएको बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जर्नादन शर्मा सप्तरी पुगेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862082 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top