The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी छानबिन थाल्यो - 2017-07-07

आषाढ २३ शुक्रवार, दाङ । सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरु गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरेको बताए ।

कहाँ चुक्यो पार्टी: स्थानिय चुनाव माओवादीलाई शिक्षा दिएर गयो - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । जनताको ठूलो उत्साह र सहभागिताका साथ भर्खर स्थानीय निर्वाचन सम्पन्न भएको छ र यसमा सहभागी सबै राजनैतिक दल तथा उम्मेद्वारहरु आ-आफ्नै चुनावी समीक्षामा केन्द्रित भएका छन् । कुनै राजनैतिक दलसँग आवद्ध नभएका स्वतन्त्र बौद्धिक व्यक्तित्वहरु पनि यस चुनावी समीक्षामा आ–आफ्ना विश्लेषणमा जुटेका छन् ।

चुनावी मतपरिणामबारे: शिर्ष पार्टीहरुको आ-आफ्नै समीक्षा - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । एमालेले विभिन्न दलको मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्नेगरी सन्तोषजनक नतिजा आएको प्रारम्भिक समीक्षा गरेको छ । पहिलो चरणमा जस्तै पार्टीको आन्तरिक सर्वेक्षणअनुसारको नतिजा नआए पनि परिणाम सन्तोषजनक नै रहेको निष्कर्ष एमालेको छ ।

पैसा असुल्ने इन्स्पेक्टर को जागिर गयो - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको अरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ ।

आषाढ २५ देखि: नारायणगढ मुग्लिन सडकखण्ड राति १० घण्टा बन्द - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । जिल्ला प्रशासन कार्यालयले हिजो आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो । पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ-मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको हो ।

रौतहटमा गरीवी व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु - 2017-07-06

आषाढ २२ बिहीवार, रौतहट । रौतहटको चन्द्रपुरमा आजबाट सहकारी तथा गरीवी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरु भएको छ ।

किन सुस्तायो: अमलेखगंज-रक्सौल सवारी इन्धन पाइप लाइन विस्तार - 2017-07-06

आषाढ २२ बिहीवार, बारा । बिहारको रक्सौल देखि अमलेखगंज सम्म दिनको हजारौं ट्यांकरहरु पेट्रोल, डिजेल र मट्टीतेल ओसारिरहेका छन् ।

भौतिक पुर्बाधार विहिन नगरपालिकाहरु घोषणा: जनतालाई सास्ती करको बोज थेग्नै नसक्ने - 2017-07-06

आषाढ २२ बिहीवार, बारा । बारा डुम्मरवाना भवानिपुरका स्थानियबासिन्दाले आफनै पहलमा अर्थसंकलन गरि सडक ढलानको कार्यसंम्पन्न गरेकाछन ।

विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै– गृहमन्त्री शर्मा - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862090 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top