The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अखिल नेपाल औद्योगिक मजदुर संघको भेला सम्पन्न - 2017-06-25

डुम्मरवाना बारा बाराको सिमरामा अखिल नेपाल औद्योगिक मजदुर संघ को भेला संम्पन भएको छ । भेलाले बारा पर्सा औद्योगिक करिडोरमा कार्यरत मजदुरहरुको समस्या पहिचान तथा समाधानको बिषयमा एकहप्ता लामो कार्यक्रम गरिने निर्णय गरेको छ ।

भारतीय प्रहरीको व्यवहारले नेपालको भन्सार राजस्व प्रभावित - 2017-06-24

आषाढ ११ आइतवार, भैरहवा । भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका गाडीबाट पैसा असुल्ने गरिएको हो ।

५ नम्बर प्रदेशमा माओवादी केन्द्रको पहिलो बन्ने दाबी - 2017-06-24

आषाढ १० शनिवार, काठमाडौं । माओवादीले ५ नम्बर प्रदेशमा वर्षमान पुन ‘अनन्त’, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, सुदर्शन बराल र हकिकुल्ला खाँलगायतका नेताहरूलाई परिचालन गरेको छ ।

असार २० गतेबाट पेट्रोलमा हडताल: घाटा भएको दावी - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । टेक्निकल लस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयनले असार २० गतेबाट पेट्रोलमा हडतालको घोषणा गरेको हो ।

६ जिल्लाका ४८ गाविस खाद्य असुरक्षा: जोखिममा जनता - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् ।,खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण-३) मा वर्गिकरण गरेका हुन् ।

आस्थाको धरोहर दोस्रो गढिमाई संरक्षण विहिन - 2017-06-24

आषाढ १० शनिवार, बारा । हिन्दु समुदाएको आस्था तथा धरोहरको रुपमा रहेको दोस्रो गढिमाई मन्दिर मा भत्तजनहरु को चाप बडेपनि मन्दिर ब्याबस्थापन भने फितलो भएकोकारण संरक्षण हुनसकेको छैन ।

चर्चा भारत भ्रमण: परराष्ट्रमन्त्री भारत भ्रमण जाँदै मोदीलाई नेपाल आउन पहल हुने - 2017-06-23

आषाढ १० शनिवार, हेटौंडा । प्रधानमन्त्रीको भारत भ्रमणमा तयारीका लागि परराष्ट्रमन्त्री दोस्रो चरणको निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ ।

कति होला बिगो कर फर्स्योट अनियमिततामा - 2017-06-23

आषाढ १० शनिवार, हेटौंडा । हाल फरार रहेका कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पक्राउ वारेन्ट जारी गरेको छ ।

कसरी बन्छ स्थानीय तहको बजेट: आगामि २५ गते गाउँसभामा र नगरसभामा बजेट पेश गरिदै - 2017-06-23

आषाढ ०९ शुक्रवार, काठमाडौँ । जननिर्वाचित स्थानीय तहले आगामी असार २५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ । तीन प्रदेशका जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । थप तीनवटा प्रदेशले असार १४ गतेको चुनावपछि जनप्रतिनिधि पाउने छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865313 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top