The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राजपा कार्यकर्ता र प्रहरी बिच धकेलाधकेली - 2017-06-13

जेष्ठ ३० मंगलवार, परासी । नेपाल प्रहरी र राजपा नवलपरासीका कार्यकर्ताबिच झडप भएको छ । राजपाका कार्यकर्ताले आज विहान परासीमा बा १४ च ७०६९ नम्बरको स्कार्पियोमा तोडफोड गरेपछि आक्रोसित बनेको प्रहरीले कार्यकर्ताहरुलाई लाठी चार्ज गर्न खोजेको हो ।

एक हप्ता अबधिमै कोरिया गएका दुई नेपाली ले गरे आत्महत्या - 2017-06-13

जेष्ठ ३० मंगलवार, हेटौंडा । रोजगारी अनमुति प्रणाली इपिएस मार्फत रोजगारीका लागि कोरिया गएका नेपाली युवाले पछिल्लो समय आत्महत्याको बाटो रोज्ने क्रम बढेको छ । एक साताको अवधिमा दुइ जनाले आत्महत्या गरेसँगै आत्महत्याको श्रृखला बढेको हो ।

प्रशिक्षण कार्यक्रममा राजपा नेता कार्यकर्ता र प्रहरी बीच झडप चार आन्दोलनकारी घाईते - 2017-06-12

जेष्ठ २९ सोमबार, डुम्मरवाना बारा । आन्दोलनको घोषणासँगै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न आज देखि सडकमा उत्रिएका छन् ।

एलिजा बुढाथोकीले जितिन मिस एस.इ.इ.स्टार २०१७ को उपाधी - 2017-06-12

जेष्ठ २९ सोमबार, काठमाडौं । मिस एस.इ.इ.स्टार २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एस.इ.इ.स्टार २०१७ को उपाधी जित्न सफल हुनुभएको छ ।

एमालेबाट मेयर पदमा ४ जनाको उम्मेदवारी । - 2017-06-12

जेष्ठ २९ सोमबार, कोल्हबी बारा । देशले पहिलो स्थानिय निर्वाचन सकाएसंगै बाँकी स्थानहरुमा दोस्रो चरण चुनाबको चहलपहल बढेको छ ।

राजपाद्वारा आन्दोलनको घोषणा - 2017-06-12

जेष्ठ २९ सोमबार,हेटौंडा । संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या नबढाएसम्म चुनावमा सहभागी नहुने अडान लिएको राष्ट्रिय जनता पार्टीले चुनाव केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उसले मसाल जुलुसदेखि बन्द हड्तालसम्मका कार्यक्रम आयोजना गरेर निर्वाचनमा सहभागी नहुने जनाएको हो ।

सिमरा उप-महानगरपालिकाको चर्को कर सर्बसाधारणलाई बोझ - 2017-06-11

जेष्ठ २८ आइतवार, बारा । भौतिक पुबाधार बिना नगर तथा उपनगरपालिाका घोषणा गरि करको बोझ थोपरेकोमा बाराका सर्बसाधारण आक्रोसित भएका छन् । ८३३ बिगाजमिनको एककरोड कर कस्ले तिर्ने नगरपालिका अन्यौलमा छ भने । माओबादि केन्द्र भन्छ जनबादि कर लगाउछौ ।

कोरियन भाषा परीक्षामा फेरी समस्या निम्तियो - 2017-06-11

जेष्ठ २८ आइतवार, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० को परीक्षार्थीको परीक्षा छुटेका छन् ।

गुल्मीमा चुनावी रौनक : एकै पदमा ससुरा-बुहारी र दाजु-भाइबीच प्रतिस्पर्धा ! - 2017-06-10

जेष्ठ २७ शनिवार, गुल्मी । १४ असारमा हुने स्थानीय निकायको चुनावका लागि जिल्लाको चुनावी रौनक बेग्लै छ । केहि स्थानमा बाहेक लगभग सवै पदका उमेदवार छनौट भइसकेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862067 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top