The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा - 2017-06-10

जेष्ठ २७ शनिवार, काठमाडौं । बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाँडा लिन्छौ ?’

तिर्थालु लिएर उडेको हेलिकप्टर दुर्घटना - 2017-06-10

जेष्ठ २७ शनिवार,भारत । भारतको उत्तराखण्ड राज्यस्थित प्रशिद्ध तीर्थस्थल बद्रीनाथबाट तीर्थालु लिएर फर्कन लागेको हेलिकोप्टर शनिबार बिहान दुर्घटना भएको छ । उडेको केहीबेरमै हेलिकोप्टर जमिनमा खसेको थियो ।

भैरहवा कांग्रेसको चुनावी एजेन्डाः नाका व्यवस्थित गर्नेदेखि मसानघाट निर्माणसम्म - 2017-06-10

जेष्ठ २७ शनिवार, भैरहवा । नेपाली कांग्रेस भैरहवाका (सिद्धार्थनगर नगरपालिका) मेयर तथा उपमेयर पदका उम्मेदवारहरुले रुपन्देहीको बेलहिया (भैरहवा) नाकालाई व्यवस्थित गर्दै पर्यटन मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

चुनावमा भाग लिन्नौं भन्ने राजपा नेतालाई देउवाले सिंहदरबार बोलाए - 2017-06-10

जेष्ठ २७ शनिवार, काठमाडौं । संविधान संशोधन नभई स्थानीय तहको दोस्रो चरणको चुनावमा पनि भाग नलिने चेतावनी दिइरहेका राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका छन् ।

डुम्मरवाना रजघट्टा माओबादिको चुनावी प्रचार अभियान उत्साहपूर्ण उपस्थिति - 2017-06-10

जेष्ठ २७ शनिवार, बारा । बाराको डुम्म्रवाना क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्रले बृहद चुनाबि सभा तथा घरदैलो कार्यक्रम संम्पन्न गरेको छ ।

पत्रपत्रिकाका फ्रन्टपेजः धकेलिँदै संविधान संशोधन - 2017-06-10

जेष्ठ २७ शनिवार, काठमाडौं । मधेसकेन्द्रित दलले लामो समयदेखि माग गर्दै आएको संविधान संशोधन पछि धकेलिएको छ ।

पैसा छाप्ने मेसिनसहित मानिस पक्राउ - 2017-06-09

जेष्ठ २६ शुक्रवार, बुटवल । नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ गरेका छन् । कञ्चन गाउँपालिका ६ घर भई बुटवल ११ बुद्धनगरमा बस्ने २१ बर्षीय सन्तोष मल्ल उप्त नक्कली मेसिन सहित पक्राउ परेका हुन् ।

अमेरिकाबाट सात नेपाली युवा निष्काशित - 2017-06-09

जेष्ठ २६ शुक्रवार, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार साँझ साढे सात बजे बाहिर निस्कएका सात तन्नेरीका हातमा अन्य यात्रुको जस्तो कुनै सुटकेस थिएन ।

निर्वाचित प्रमुख र उपप्रमुखहरुलाइ अभिमुखिकरण तालिम दिइदै - 2017-06-08

जेष्ठ २५ बिहीवार, काभ्रे । स्थानिय तहको शासन संचालन तथा ब्यबस्थापन सम्बन्धि ३ दिने अभिमुखीकारण आज देखि काभ्रेको धुलिखेलमा ३ दिन सम्म चल्ने छ पहिलो चरणको अभिमुखीकारणमा जम्मा ४६ वटा स्थानीय तहको ९२ जना प्रमुख र उपप्रमुखले उक्त कार्यक्रम मा सहभागिता जनाइरहनु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862076 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top