The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पार्टीले गरेको निर्णय परिवर्तन नहुने: उपमहासचिव बिष्णु पौडेल - 2017-07-31

श्रावन १६ सोमबार, बारा । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले बारामा उम्मेदवार चयन बारे पार्टीले गरेको निर्णय परिवर्तन नहुने बताउनुभएको छ ।

हुँदैछ राजपा नेपालको भब्य तयारी - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौँ । विभिन्न छवटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल व्यवस्थापकीय सुधार गर्दै संगठित हुँदैछ । सो दलका नेताहरु अहिले संगठन निर्माणमा लागेका छन् ।

गेजुवा त्रिशूली थ्री ‘ए’ जलविद्युत् निर्माण गर्न फर्कियो - 2017-07-31

श्रावन १६ सोमबार, नुवाकोट । भूकम्पले क्षति पुर्याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।

तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध गाउँनै अन्धकार - 2017-07-31

श्रावन १६ सोमबार, बैतडी । सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

नेता खनाल भन्छन अबका चुनावमा एमाले पहिलो - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताएका छन् ।

भारतिय काउन्सीलर डुम्मरवानामा - 2017-07-30

श्रावन १५ आइतवार, बारा । भारतिय माहाबाणीज्य दुताबासको काउन्सीलर बि.सि. प्रधानले डुम्मरवाना बाराको एक बिध्यालयको नवनिर्मित भवनको उदघाटन गरेकाछन ।

एमालेको १४ जिल्लाको जिल्ला समन्वय परिषद् सम्पन्न: क-कसलाई बनायो उम्मेदवार - 2017-07-30

२०७४ श्रावन १५ आइतवार, काठमाण्डौ । एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत १४ जिल्लाको 'जिल्ला समन्वय परिषद्' का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

कुरीति बिरुद्ध अर्को नयाँ अभियान: दाइजो मुक्त टोल घोषणा - 2017-07-30

श्रावन १५ आइतवार, बिरगंज । बिरगंज महानगर पालिका वडा न.२६ सुगौली बिर्ता दाइजो मुक्त घोषणा गरिएको छ । दाइजो एवम् समाजिक कुरिती बिरुद्ध जागरण मञ्च द्वारा आयोजित स्थानीय अगुवाहरुको प्रतिबद्धता अनुरुप कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक एवं अधिवक्ता सुरेन्द्र कुर्मिले दाइजो मुक्त टोल घोषणा गरेका छन् ।

एमालेका प्रभावशाली नेताहरु बारामा - 2017-07-28

श्रावन १३ शुक्रवार, बारा । असोज २ गतेहुने तेश्रो चरणको स्थानिय निर्वाचनको परिणाम आफनो हातमा पार्न नेकपा एमाले बारा युद्धस्तरमा लागेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13156418 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top