The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट


राष्ट्रिय समाचार पटक पढिएको सागर घोरसाईने




२०७४ कार्तिक २५ शनिवार बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।

अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिकामा स्थित डम्बरपुर, रतनपुर र भक्तलालमा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको लागुपदार्थ गाजा प्रहरी आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारको नेतृत्वमा खटिएको प्रहरी टोलिले गाजा फडानी पश्चात् जलाएर नष्ट गरेको छ । मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ । 

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न बाराका उपरिक्षक राजकुमार बैधवारे त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए ।प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईएमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक रायले बताए । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । 

गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र जिल्ला प्रहरी कार्यालय बाट ४० जना प्रहरीटोलि खटिएको ई.प्र.का निजगढका प्रमुख एवं प्रहरी निरीक्षक दिपक रायले बताए । प्रहरी निरीक्षक दिपक रायका अनुसार स्थानीयले गाँजा आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


१२ करोड ३३ लाख बराबरको राहत वितरण - 2017-07-16

श्रावन ०१ आइतवार, नुवाकोट । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ ।

रोकियो क्लीन फीड नीति: विज्ञापन ब्यवसायी र सर्वसाधारण असन्तुष्ट - 2017-07-16

श्रावन ०१ आइतवार, हेटौंडा । आजैदेखि लागू गर्ने भनिएको विज्ञापनरहित नीति-२०७३ तत्कालका लागि स्थगित गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै सो कार्यनीति तत्कालका लागि स्थगित गरिएको भनेको छ ।

धानखेती गर्ने किसानलाई प्रोत्साहन भत्ता: बीउ तथा कृषि औजारमा सुविधा - 2017-07-16

श्रावन ०१ आइतवार, बारा । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् ।

के थियो महान्यायाधिवक्ताले राजीनामा नदिनुको कारण - 2017-07-15

आषाढ ३१ शनिवार, हेटौंडा । महान्यायाधिवक्ता रमन श्रेष्ठले आफुलाई नियुक्त गर्ने प्रधानमन्त्रीले राजीनामाा दिईसकेपनि बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई ‘पख्नुस’ भनेकाले पदबाट राजीनामा नदिएको बताएका छन् ।

कार्यालय प्रमुख सहित अधिकांश कर्मचारी भ्रमणमा: सेबाग्रही अन्योलमा - 2017-07-15

आषाढ ३१ शनिवार, रौतहट । आर्थीक बर्षको अन्त्यमा बजेट सकेर डिभिजन सहकारी कार्यालय रौतहटका प्रमुख सहित अधिकांश कर्मचारी तीन दिने भ्रमण गरी फर्केका छन ।

हुलास स्टीलको मजदुर युनियनमा अखिल नेपाल मजदुर संघ विजयी - 2017-07-14

आषाढ ३० शुक्रवार, बारा । सिमरा स्थित हुलास स्टील ईन्डस्टीमा रहेको आधिकारिक मजदुर युनियनको निर्वाचनमा माओबादि केन्द्र निकटको भात्रि संगठन अखिल नेपाल मजदुर संघले भारि मतले बिजय हासिल गरेको छ ।

कृषकहरुको यान्त्रीकरणतर्फ आकर्षण बढ्दो: कृषि यन्त्रमा अनुदानको खाचो - 2017-07-14

आषाढ ३० शुक्रवार, बारा । कृषिमा यान्त्रीकरण तर्फ उन्मुख गराउने सरकाको योजना अनुरुप बाराका केहि किसानहरु कृषियन्त्रहरुलाई अनुसरण गरिरहेका छन । मध्य तराईका केहि कृषकहरु परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै यस आधुनिक प्रबिधिबाट लाभ लिईरहेका हुन ।

खोइ सरकार: तिलाठीबासीको दीर्घकालीन समाधान ? - 2017-07-14

आषाढ ३० शुक्रवार, सप्तरी । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । अनि वर्षा लाग्नासाथ तिलाठीवासीको खोसिन्छ निद्रा ।

राणाको पहिलो पटक कडा विज्ञप्ति: पार्टी कसैको बिर्ता होइन - 2017-07-14

आषाढ ३० शुक्रवार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शंसेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862085 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top