The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सञ्चारकर्मी माथि दुर्व्‍यवहारगर्ने: नगरलेखा अधिकृतलाई बैठकमा बोलाईने - 2017-07-14

आषाढ ३० शुक्रवार, डुम्मरवाना । सुचनाको हक प्रयोगगरी सुचना माँग्नगएका पत्रकार रन्जन यादबलाई दुब्र्यवहार गरेका जीतपुरसिमरा उपमाहानगरपालिका लेखाअधिकृत बिशमिल्लाह अंसारीलाई साउन ३ गतेको बैठकमा उपस्थित गराउने र मागेको सुचना उपलब्ध गराउने प्रतिब्धता जाहेर गरेकाछन ।

बसको ठक्करबाट पैदलयात्रु घाईते: अबस्था गम्भीर - 2017-07-13

आषाढ २९ बिहीवार, बारा। आज बिहान बाराको निजगढ नगरपालिका ९ का राजेन्द्र ढोडारि पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मकालु यातायातले ठक्कर दिदा घाईते हुनुभएको छ ।

श्रेष्ठका हत्यारालाई १५ वर्षपछि सर्वस्वसहित जन्मकैद - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौँ । हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जली श्रेष्ठलाई धारिलो खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी -३ घर भइ जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस-३ घर भई सामाखुसी बस्ने ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख छ।

हिजो पहिरो खसेर अबरुद्ध: नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो - 2017-07-13

२९ बिहीवार, काठमाडौं, चितवन । हिजो अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि आज पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ ।

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । सरकारले मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।क्षेत्री सहरी तथा गरिबी निवारण मन्त्रालयमा सचिव हुन् । हालका मुख्य सचिव डा. सोमलाल एडीबीमा उपकार्यकारी निर्देशक बनेर गए पछि सरकारले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । साभारः प्रशासन

दलितमाथि रोकिएन दुर्व्यवहार: निर्घात कुट्ने प्रहरी खोरमा - 2017-07-13

आषाढ २९ बिहीवार,गुल्मी । आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । आईतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर-४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षिय कर्णबहादुर सार्कीलाई हल्का हातपात गरेर पठाएकी थिइन् । तर पछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितले बताए ।

थाले देउवाले तयारी: ११,८,२ मन्त्रालय भाग आउने सम्भावना - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । आइतबार मन्त्रिमण्डल विस्तर गर्नेगरी देउवाले तयारी थालेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले आफ्नो पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट मन्त्री बनाउन लागेका हुन् ।

चुहावटमा २.५% कमि: बिधुत प्राधिकरणलाई २ अर्ब फाइदा - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । नेपाल बिधुत प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडा अनुसार यो वर्ष करिब २.५ प्रतिशतले मात्र चुहावट कम भएको छ र यसबाट २ अर्ब फाइदा भएको छ ।

अबैध तरिकाले समान नेपाल भित्रिदै : सिमाना सुरक्षा खै ? - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । भारतको विभिन्न ठाउहरूबाट खरिद गरिएको कपडा तथा चल्ला नेपाल भित्रीदै गरेको हो । भारतको नरकटियागन्ज हुँदै नेपालमा अबैध तरिकाले प्रवेश हुँदै आएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907712 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top