The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


राष्ट्रिय समाचार पटक पढिएको रबिन्द्र यादव


नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )


मंसिर २१ बिहीवार, हेटौंडा । नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

हृदयेश त्रिपाठी वाम गठबन्धन र स्वतन्त्र राजनितीक समुह तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै त्रिपाठीले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । 

त्रिपाठीको पत्नी शोभा त्रिपाठीले पनि उक्त मतदान केन्द्र बाट मतदान गर्नु भएको थियोे । त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तु र वहाको धर्मपत्नी शुशिला देवी कलवारले पनि साविक गुठी परसौनी कार्यालय भवन स्थित मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नगरपालिकाकै गुणस्तरमा शंका: एकलाखमा जडित सोलार एक बर्ष टिकेन - 2017-07-17

श्रावन ०२ सोमबार, बारा । जितपुर सिमरा उपमहानगरपालिकाले जडान गरेको सोलार बत्ति एकबर्ष नपुग्दै प्रयोगबिहिन भएकोछ । डुम्मरवाना क्षेत्रको ग्रमिण सडकमा जडान गरेको तिनवटा सोलार बत्तिले बिगत तिन महिनादेखि कामगर्न छाडेपछि स्थानियबासिहरु आक्रोसित बनेका हुन ।

थाक्रे गाउँपालिकाको प्रथम गाउँ सभा सम्पन्न - 2017-07-16

श्रावन ०१ आइतवार, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा शनिवार प्रथम गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको विकासका लागि ३१ करोड २२ लाख ३५ हजारको बजेट सार्वजनिक भएको हो ।

राजश्व बढाउँदै ट्राफिक प्रहरी: गत बर्षभन्दा तेव्वरले बृद्धि - 2017-07-16

श्रावन ०१ आइतवार, रौतहट । ट्राफिक प्रहरीको बिषेश सकृयताले रौतहटमा गत बर्षको तुुलनामा यो बर्ष राजश्व संकलनमा तेव्वरले बृद्धि भएको छ ।

वर्षभरीमै एउटा मात्र सडक दुर्घटना - 2017-07-16

श्रावन ०१ आइतवार, मनाङ । हिमाली जिल्ला मनाङमा सडक दुर्घटना अति न्यून छ । आर्थिक वर्ष ०७३/७४ मा एउटा मात्रै सवारी दुर्घटना भएको ट्राफिक प्रहरी बिट धारापानीले जनाएको छ । “सडक जोखिमपूर्ण भए पनि सवारी दुर्घटना छैन”– प्रहरी जवान राजेन्द्र नेपालीले भने, “वर्षभरिमा एउटा मात्रै सवारी दुर्घटना भएको छ ।”

प्रचण्डले किन बोलाए देशभरिका जिल्ला इन्चार्जलार्इ पेरिसडाँडा - 2017-07-16

श्रावन ०१ आइतवार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिएका छन् । सोमबार स्थानीय तहको निर्वाचनको समीक्षा र देशैभरि पार्टी संगठनको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको बैठकमा भाग लिन सबै जिल्लाका इन्चार्ज र मुख्य नेताहरु राजधानी आएका हुन ।

पहिरो बाट अबरोध: हेटौडा-सिस्नेरी बाटो खुल्यो - 2017-07-16

श्रावन ०१ आइतवार, हेटौंडा । हेटौँडा-कुलेखानी सडक खण्ड पर्ने सिस्नेरीको थिङ डाँडामा शनिबार गएको पहिरो डिभिजन सडक कार्यालयले आज हटाएपछि बिहानदेखि काठमाडौँ–हेटौँडाको यातायात सञ्चालनमा आएको छ ।

देउवालाई आरजुले बुझाइन् ज्ञापनपत्र: सरकारमा ३३ प्रतिशत महिला सहभागिता चाहियो - 2017-07-16

श्रावन ०१ आइतवार, काठमाडौं । मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला सांसदहरुले दबावमुलक अभियान सुरु गरेका छन् । उनीहरुले आइतबार पहिलो दिन ‘महिला सांसद समन्वय समिति’को नामबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

मेची र कोशी अञ्चलमा जाने रात्री बस दिउँसो तीन बजे बसपार्कबाट छुटिसक्नुपर्ने - 2017-07-16

श्रावन ०१ आइतवार, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।

आइएस प्रमुख: अबु सयद मारेको अमेरिकी रक्षा मन्त्रालयको दावी - 2017-07-16

श्रावन ०१ आइतवार, एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयद मारेको दावी गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907716 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top