The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


धान दिवस: किसान भन्छन कौवालाई बेल पाक्यो हर्ष न बिष्मत ! - 2017-06-29

षाढ १५ बिहीवार, डुम्मरवाना बारा । धानको उत्पादनहुने मुख्य क्षेत्रहरुमा बर्षिक रुपमा बिभिन्न निकाएले ताम झामका साथ धानदिवस मनाएपनि धान खेतिगर्ने किसानहरुलाई भने धान दिवस बार्षिक जात्रा मनाएसरि भएको छ ।

सलाम: परोपकारी सेवामा उठेका हातहरु - 2017-06-27

आषाढ १३ मंगलवार, सिमरा । पछिल्लो समय जितपुरसिमरा उपमहानगर १५ डुमरवानास्थित ब्लडक्यान्सरबाट पिडित डेढ वर्षीया बालिका सुहाना सापकोटाको उपचारका लागि आर्थिक सहयोग सङ्कलनकार्य तीव्र बनेको छ ।

नेपाली सफल खेलाडीहरुलाई युएईमा सम्मान - 2017-06-27

आषाढ १३ मंगलवार, दुबई, युएई । एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको सक्रियतामा हालै मात्र २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएई – दुबई) खेल सम्पन्न भएको छ ।

सेल्फीको चक्करमा दुई नेपालीले भारतमा ज्यान गुमाए - 2017-06-27

आषाढ १३ मंगलवार, नवलपरासी भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ ।

भरतपुरको च्यातिएका ९० मतपत्र सर्बोच्चमा - 2017-06-27

आषाढ १३ मंगलवार, काठमाडौं । अदालतको आदेश अनुसार च्यातिएका मतपत्र र त्यसको मुचुल्का समेत काठमाडौं पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुर्य नेपालका मजदुरवाट शिशु सुहानालाई सहयोग - 2017-06-26

आषाढ १२ सोमबार, डुम्मरवाना । सिमरा स्थित सुर्य नेपालमा कार्यरत मजदुरहरु बाट संकलित ३१,४५० रु सुहाना का हजुरबुबा भरत सापकोटालाई युनियनका प्रतिनिधि बेनि तिमसेनाले हस्तान्तरण गर्नुभएको हो ।

मस्जिद जिर्ण भएपनि आस्था बुलन्द: मुस्लिम महिला भन्छन नमाज पढने थलो छैन - 2017-06-26

आषाढ १२ सोमबार, डुम्मरवाना । असाय निमुखाहरुलाई खानपुगोस, अल्लाहको सबैमा निगाहा रहोस भन्दै बाराका ग्रामिण क्षेत्रका मुस्लिम धर्मालम्बिहरु को माहान पर्ब ईदुल फित्रा बिषेश धुमका साथ मनाएकाछन ।

देशको प्रमुख नाका मानिने बिरगन्जका सडकको अवस्था दयनिय (फोटो फिचर) - 2017-06-26

आषाढ १२ सोमबार, बिरगन्ज । देशकै महानगर त्यो माथी पनि देशका लागि आयात हुने केन्द्र रहेको बिरगन्ज महानगरपालीका मा हरेक साल वर्षा याममा बाटोमा हिडिनस्कनु हुन्छ ।

राष्ट्रिय समाचार सुदूरपश्चिमका दलित अझैसम्म अशिक्षामा: मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन् - 2017-06-26

आषाढ १२ सोमबार, काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ । आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011897 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top