The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नयाँ स्वास्थ्य प्रणाली सुचारु - 2017-06-18

आषाढ ०४ आइतवार, हेटौंडा । गगन थापा स्वास्थ्य मन्त्री भएका बेला तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि प्रदेश वा केन्द्र धाउनु पर्ने छैन ।

मकैको उत्पादन घट्यो बजारमा मूल्य स्थिर - 2017-06-17

आषाढ ०३ शनिवार, बारा । नगदेबालिकोरुपमा उत्पादन हुनेगरेको मकैको उत्पादनमा यसबर्ष कमि आएपनि किससानहरुले उचित मुल्य पाएका छैनन ।

किन फिर्ता बोलाइयो प्रदेश नं.२ का कर्मचारी - 2017-06-17

आषाढ ०३ शनिवार, काठमाडौं । प्रदेश नं २ को स्थानिय चुनावको निम्ति जिल्लामा सबै पार्टीले लगभग सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसकेका थिए ।

बन्दको आडमा मनलाग्दी भाडा असुल्दै - 2017-06-15

आषाढ ०१ बिहीवार, बारा । राष्टिय जनता पार्टिले गत तिन दिनदेखि गरेको तराइ बन्दले नेपालमा आउने भारतिय जनताहरु समेत मारमा परेकाछन ।

मुख खोल्यो सर्वोच्चले "खिलराज नेतृत्वको निर्णय स्वेच्छाचारी" - 2017-06-15

आषाढ ०१ बिहीवार, काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गरेको छ ।

आफ्नै पार्टी भित्र अन्तर सघर्ष चलाउन जरूरी - 2017-06-14

जेष्ठ ३१ बुधवार, बारा । दललिए नेताहरुको बोलि र ब्यबहारमा फरकभन्दै दलित महिला उमेदवारले आफनै पार्टि भित्र अन्त्रर संघर्ष चलाउन आबश्यक औल्याएका हुन् ।

ब्लड क्यान्सर शिशुलाई सहयोग गरिदिन आफन्तको आग्रह - 2017-06-14

जेष्ठ ३१ बुधवार, बारा । बाराको एक शिशुलाई रगतमा क्यान्सर देखिएपछि अभिभाबकले दाताहरुसंग उपचारकोलागि सहयोको आग्रह गरेकाछन ।

राजपाले पायो नँया शक्ति र फोरमको समर्थन आन्दोलन जारी - 2017-06-14

जेष्ठ ३१ बुधवार, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् ।

प्राधिकरणको वेवास्ताको बिरुद्ध बिधुत महसुल केन्द्रमा तालाबन्दी - 2017-06-14

जेष्ठ ३१ बुधवार, नवलपरासी । नवलपरासीको गुठी सुर्यपुरा स्थित गण्डक जल विधुत केन्द्रमा स्थानिय दृारा कार्यालय घेराऊ गर्दै विधुत महसुल कक्षमा ताला बन्दी गरिदिएका छन् !

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011898 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top