The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जर्मन राजदूत कार चढेर स्वदेशतर्फ - 2017-06-08

जेष्ठ २५ बिहीवार, काठमाडौं । विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

गृहमन्त्री शर्माद्वारा पदभार ग्रहण, प्रहरीका हाकिमहरुलाई अनावश्यक मिडियाबाजी गर्न रोक - 2017-06-07

जेष्ठ २४ बुधवार, काठमाडौं । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले पदबाहली लगत्तै सुरक्षा निकायलाई कडा चेतवानी दिनु भएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महराको पहिलो निर्णय - 2017-06-07

काठमाण्डौ, जेठ २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महराले पहिलो निर्णय बैदेशिक रोजगारीमा जाने नेपालीका समस्याका समाधानका लागि

देउवा मुलुकको ४० औं प्रधानमन्त्री - 2017-06-06

जेष्ठ २३ मंगलवार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं तथा गणतन्त्र स्थापनापछिका नवौं प्रधानमन्त्री बन्न सफल भएका छन् ।

संसदको दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री बन्दै - 2017-06-06

जेष्ठ २३ मंगलवार,काठमाडौँ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् ।

निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टी - 2017-06-05

जेष्ठ २२ सोमबार, चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को मत गणना अन्तिम चरणमा पुग्दै गरेको समयमा १४ गते राती नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले ९० वटा मत च्यातिदिएपछि निस्केको विवादलाई टुङ्गोमा पु¥याउन निर्वाचन आयोगले पुनःनिर्वाचन गराउने निर्णयप्रति नागरिक समाजका अगुवा तथा अधिकारवादीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

भरतपुर १९ मा पुन:चुनाव गर्ने निर्णय सर्वोच्चले रोक्यो - 2017-06-05

जेष्ठ २२ सोमबार, भरतपुर । भरतपुर १९ मा फेरि चुनाव गर्ने निर्णय सर्वोच्चले रोक्यो, झगडिया झिकाएर छलफल गर्ने

साहायक सामग्रीको अपाङ्गता भएकाहरुलाई मतअधिकारमा सहयोगहुने - 2017-06-05

जेष्ठ २२ सोमबार, बारा । आगामि हुनगईरहेको दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुले साहायक सामागृको सहयोगबाट मत अधिकारको प्रयोग गर्न मदत मिल्ने जनाएकाछ ।

पक्षघात भएका व्यक्तिका लागि एप बन्दै - 2017-06-05

जेष्ठ २२ सोमबार, हेटौंडा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पक्षघात भएका व्यक्तिका लागि दिमागले सोचेर सहयोगीलाई आफ्ना आवश्यकता बताउनसक्ने एप बनाउन लागेको बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011911 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top