The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बाराका किसानहरु पशुपालन व्यवसाय तर्फ अग्रसर । - 2017-06-02

जेष्ठ १९ शुक्रवार, डुम्मरवाना बारा । बाराका किसानहरु ब्यबसाईक पशुपालन गरि दुग्ध उत्पादन तर्फ उन्मुख भएकाछन । बारामा संञ्चालित दुग्ध उत्पादन सहकारि संस्थाहरुले हरेकबर्षको राष्टिय पुरुस्कार बाट संम्मानित भएपछि यसको पुष्टि भएको हो ।

दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनीक - 2017-06-01

जेष्ठ १८ बिहीवार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ ।

स्थानीय तहलाई काम गर्ने बाटो खोल्न सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी - 2017-06-01

जेष्ठ १८ बिहीवार, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

सिमरा कलेज प्रदेस नंम्मबर २ कै उत्कृष्ट दाबी - 2017-05-31

जेष्ठ १७ बुधवार, डुम्मरवाना बारा । बाराको सिमरा कलेजका बिध्यार्थिले बाणिज्य संकाय तर्फ गतबर्ष त्रिबिबिले लिएको परिक्षामा २ नंम्बर प्रदेसमै उत्कृष्ट अंक हासिल गरेको जनाएकोछ ।

कृषि तथा पशुपंक्षी विकासमा ४० अर्बको बजेट - 2017-05-31

जेष्ठ १७ बुधवार, काठमाडौं । स्थानीय तहमा कृषि तथा पशुपंक्षी विकासको संरचनाको टुंगो नलागे पनि बजेट निर्माण भने रोकिएको छैन । आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संयुक्त वार्षिक बजेट ४० अर्ब रूपैयाँ नाघ्ने निश्चित भएको छ ।

निर्वाचनको मिति फेरि सर्दै - 2017-05-31

जेष्ठ १७ बुधवार, काठमाडौँ । सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ ।

अव बैक खाता खोलेर विदेश - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने उल्लेख छ ।

अव घरपालुवा पशुलाई ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! हेर्नुस के के गर्न पाईदैन ? - 2017-05-28

हेटौंडा अनलाईन काठमाडौं – पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

प्रधानमन्त्री आफै फाष्ट ट्रयाक निर्माण प्रारम्भका लागि जाँदै - 2017-05-28

हेटौंडा अनलाईन २०७३ मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष मिति बनाए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011934 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top