The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गायक पंगेनी अझै प्रहरी हिरासतमा - 2017-07-19

श्रावन ०४ बुधवार, काठमाडौं । लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् । पंगेनी मंगलबार राती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।

वृक्षारोपण: प्रचारात्म अभियानमात्रै बिरुवाको संरक्षण खै ? - 2017-07-19

श्रावन ०४ बुधवार, बारा । बर्षादको मौसम सुरुहुन साथ बाराको बिभिन्न संग संस्थाहरुले बृक्षारोपन कार्यमा तदारुकता देखाएपनि संरक्षणको अभाबमा रोपेका बिरुवाहरु हुर्किन नपाउदै नस्ट भएको पाईन्छ ।

सिकसर पेस्तोल सहित दुई जना पक्राउ - 2017-07-19

श्रावन ०४ बुधवार, वीरगंज । पर्साको पटेर्वा सुगौली गाउपालिकाको कोहरौलीबाट प्रहरीले सिकसर पेस्तोल सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पर्सामा स्थानिय बासिन्दा द्वारा प्रहरी चौकी घेराउ - 2017-07-19

श्रावन ०४ बुधवार, वीरगंज । पर्साको विन्दवासिनी गाउपालिकाको प्रसौनीभाठामा रहेका प्रहरी चौकीलाई स्थानिय बासिन्दाले घेराउ गरेर प्रदर्शन गरेका छन ।

राजपा फकाउने प्रयास: बालुवाटारमा बैठक सुरु - 2017-07-19

श्रावन ०४ बुधवार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

भोजपुरमा बालिका करणीको आरोपमा युवक पक्राउ - 2017-07-19

श्रावन ०४ बुधवार, भोजपुर । अरुण गाउँपालिका-५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पूर्व राजा अस्पतालमा भर्ना: मुटुमा समस्या - 2017-07-19

श्रावन ०४ बुधवार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार विहान अस्पतालमा भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुमा केही अवरोध देखिएपछि शाहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

दाईजो एक कुप्रथा: कुप्रथाको अन्त्यतिर मधेशका नागरिक - 2017-07-19

श्रावन ०४ बुधवार, वीरगन्ज । कक्षा ९ मा अध्ययनरत अञ्जनी कुमारी कुशवाहाले भन्नुभयो, ‘दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो, त्यसैले म दाइजो माग्ने केटासंग बिहे नै गर्दिन ।

कांग्रेसको भागमा १३ र माओवादीलार्इ ९ मन्त्रालय - 2017-07-18

श्रावन ०३ मंगलवार, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीले आफूले लिने मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011908 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top