The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


एमालेका प्रस्तावित मेयर अख्तियारको फन्दामा: करोडौं कर छली गरेको आरोप - 2017-07-18

श्रावन ०३ मंगलवार, वीरगञ्ज । नेकपा एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकाको लागि प्रस्तावित मेयरका उम्मेदवारले ९ करोडको कर छली गरेको पाइएको छ ।

अन्योलमा प्रेदेश नं २: बजेट विकास कर लगाएतका काम यथावत - 2017-07-18

श्रावन ०३ मंगलवार, हेटौंडा । स्थानीय तह निर्वाचन सकिएका देशका ६ वटा प्रदेशका निर्वाचित प्रतिनिधिले स्मार्ट सिटी देखि मोनो रेल सम्मका योजना र बजेट तर्जुमा गरिसक्दा चुनाव हुन नसकेको प्रदेश नम्बर २ का नेताहरुले आफ्नो क्षेत्र विकासको दृष्टिकोणले अझ पछि पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यातायातको सर्भर संधै बिग्रने: लाइसेन्सलिने सेवाग्राही मारमा - 2017-07-18

श्रावन ०३ मंगलवार, काठमाडौं । यातायात ब्यवस्था विभागले गत पुसमा ‘लाइसेन्स लिन लाइन नै बस्नु नपर्ने’ व्यवस्था गर्न भन्दै अनलाइन सेवा सुरु गर्‍यो । तर, ६ महिनामा ६० दिन भन्दा बढी सर्भर डाउन भयो भन्दै अनलाइन फारम आवेदन नै लिइएन ।

तस्करहरुसंग हात मिलाउने सवैलाई कारबाही हुन्छ । मध्य क्षेत्रीय प्रहरी प्रमुख - 2017-07-18

श्रावन ०३ मंगलवार, हेटौंडा । भारतसंग सीमा जोडिएका पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरुमा प्रहरीकै संलग्नतामा तस्करी बढेको गुनासो आएपछि मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाले ती जिल्लाहरुमा प्रहरी सुदृढिकरण अभियान तिव्र पारेको छ ।

संबिधान अदिबासीको हितमा रहेपनि कार्यन्वयन फितलो - 2017-07-18

श्रावन ०३ मंगलवार, बारा । नेपालमा रहेका अदिबासीहरुले जल,जमिन,जंङ्गलमा आफनो पहुचहुनपर्ने जनाएकाछन । नेपाल आदिबासि जनजाति हरुको क्षेत्रीय स्तरको भेलामा बक्ताहरु ले यस्ता धारणा व्यक्त गरेकाहुन ।

सास्तीमा जनता: ९ दिन देखि अबरुद्ध सडक खुलेन - 2017-07-18

श्रावन ०३ मंगलवार, बझाङ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो ।

दैनिक पाँच लाख लिटर दुध उत्पादन - 2017-07-18

श्रावन ०३ मंगलवार, बनेपा । मुलुकमै दुध उत्पादनका लागि पहिलो जिल्लाका रुपमा चिनिदै आएको काभ्रेका किसानले प्रति लिटर एक रुपैया अनुदान पाएका छन् । दुध उत्पादन बृद्धि गर्ने लक्ष्यका साथ सरकारले किसानलाई अनुदान दिने भएको हो ।

डिएसपीमा बढुवा ९४ जना ईन्सपेक्टर (सूचीसहित) - 2017-07-18

श्रावन ०३ मंगलवार, काठमाडौँ । नेपाल प्रहरीका ९४ जना ईन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस भएका छन । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

वृद्धभत्ता लिन सास्ती: गाउँ घरमा व्यवस्था गरिदिन आग्रह - 2017-07-18

श्रावन ०३ मंगलवार, गुलरिया (बर्दिया) । वृद्धभत्ता थाप्न सदरमुकाम गुलरिया आएका ज्येष्ठ नागरिकले वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011933 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top