The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाईन


३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई


हेटौँडा, १८ माघ हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो ।

हेटौँडामा बसेको प्रदेश नंबर ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । संसदको कार्यसुचिको अन्तिम प्रस्तावको रुपमा रहेका सभामुखको निर्वाचन सम्वन्धी प्रस्तावलाई बैठकले पास गरेको हो । बैठकमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जमरकटेल, नेपाली कांग्रेसबाट इन्द्र बहादुर बानिया, विवेकशील साझा पार्टीबाट रामेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र घोषला,राष्ट्रिय नेपाल प्रजातान्त्रिकबाट रिना गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट रिता माझी, नयाँशक्ति पार्टीबाट प्रेम बहादुर लामाले आ–आफ्नो भनाईहरु राखेका थिए । 

आज प्रदेशको राजधानी हेटौँडामा बसेको पहिलो बैठकले संसद सञ्चालनको लागि पाँच जना सदस्यहरुको समेत चयन गरेको छ ।

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै संसद नियमावली नबन्नुनजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्य्विधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छ । बैठक पछि प्रतिक्रिया दिँदै सभासद उर्मिला कर्माचार्यले बैठक ऐतिहासिक रहेको बताइन ।  छोटो समयमा भौतिक संरचनाहरुको थप व्यवस्थापन गर्न जरुरी रहेको भन्दै अर्का सभासद प्रेम बहादुर पुलामीले आफूहरु उत्साहित र खुसी भएको बताए । 

नेकपा एमालेकी नेता तथा सभासद अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी उपत्यका बाहिर नै उपयुक्त हुने बताएकी छिन ।मुलुकको राजधानी काठमाण्डौँ रहेको अवस्थामा उक्त अवस्थामा राजधानी उपत्यका भन्दा बाहिर हुनुपर्ने उनको भनाई थियो ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आइएस प्रमुख: अबु सयद मारेको अमेरिकी रक्षा मन्त्रालयको दावी - 2017-07-16

श्रावन ०१ आइतवार, एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयद मारेको दावी गरेको छ ।

निजगढ बिमानस्थल निर्माणमा समस्याहरु थपिंदै: आफुहरुलाई बेवास्ता गरे आन्दोलन गर्ने - 2017-07-16

श्रावन ०१ आइतवार, बारा । राष्ट्रकै गौरवको योजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा समस्याहरु थपिएको छ ।

फेरी पस्यो बस्तीमा बाढी दुईको मृत्यु, तीन बेपत्ता - 2017-07-16

श्रावन ०१ आइतवार, हेटौंडा । अविरल वर्षा संगै देशैभर बाढी र पहिरोको खवर छ फेरी गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

रामेछापमा भीषण वर्षाबाढीले सवारी तर्ने पुल र केही घर बगायो - 2017-07-16

श्रावन ०१ आइतवार, रामेछाप । गएराति रामेछापमा भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको हो ।

१२ करोड ३३ लाख बराबरको राहत वितरण - 2017-07-16

श्रावन ०१ आइतवार, नुवाकोट । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ ।

रोकियो क्लीन फीड नीति: विज्ञापन ब्यवसायी र सर्वसाधारण असन्तुष्ट - 2017-07-16

श्रावन ०१ आइतवार, हेटौंडा । आजैदेखि लागू गर्ने भनिएको विज्ञापनरहित नीति-२०७३ तत्कालका लागि स्थगित गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै सो कार्यनीति तत्कालका लागि स्थगित गरिएको भनेको छ ।

धानखेती गर्ने किसानलाई प्रोत्साहन भत्ता: बीउ तथा कृषि औजारमा सुविधा - 2017-07-16

श्रावन ०१ आइतवार, बारा । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् ।

के थियो महान्यायाधिवक्ताले राजीनामा नदिनुको कारण - 2017-07-15

आषाढ ३१ शनिवार, हेटौंडा । महान्यायाधिवक्ता रमन श्रेष्ठले आफुलाई नियुक्त गर्ने प्रधानमन्त्रीले राजीनामाा दिईसकेपनि बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई ‘पख्नुस’ भनेकाले पदबाट राजीनामा नदिएको बताएका छन् ।

कार्यालय प्रमुख सहित अधिकांश कर्मचारी भ्रमणमा: सेबाग्रही अन्योलमा - 2017-07-15

आषाढ ३१ शनिवार, रौतहट । आर्थीक बर्षको अन्त्यमा बजेट सकेर डिभिजन सहकारी कार्यालय रौतहटका प्रमुख सहित अधिकांश कर्मचारी तीन दिने भ्रमण गरी फर्केका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011916 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top