The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाइन


हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।



३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो । 

प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न आजै हेटौंडा आउनुभएका कोईरालालाई यहाँस्थित उच्च पदस्थ अधिकारीहरुले प्रदेश कार्यालय परिसरमा स्वागत गरेका थिए । प्रदेश प्रमुख कोईरालाको स्वागतका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसदहरु डोरमणी पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल र जुनेली श्रेष्ठ मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पुगेका थिए । 

प्रदेश प्रमुख कोईरालालाई जिल्लाको प्रहरी प्रमुख, सुपारेटार ब्यारेकका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपमेयर सहितले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि संक्षिप्त भनाई राख्नुहुँदै प्रदेश प्रमुख कोईरालाले देश विकासमा अघि बढ्न सबैमा आग्रह गर्नुभयो । प्रदेश कार्यालयमा प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि आयोजना भएको कार्यक्रममा मन्तव्य दिने क्रममा उहाँले संविधानको मर्म र भावना अनुसार देश विकासमा अघि बढ्नको लागि आग्रह गर्नुभएको हो ।   






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बारामा निर्वाचनलाई लक्षितगरि अपाङ्गमैत्री बिचार गोष्ठि सम्पन्न । - 2017-05-27

हेटौंडा अनलाईन स्थानिय तह दोश्रो चरणको निर्वाचनलाई लक्षित गरि नेपाल अपांग सेवा संघ बाराले आज एक दिने बिचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदाञ्जली सभा” कार्यक्रम सम्पन्न । - 2017-05-27

हेटौंडा अनलाईन जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने । मकवानपुरमा जन्मिएर नेपाली राजनीति र नेपाली साहित्यमा प्रगतिशील लेखनशैलीको जग हाल्न मुख्य भूमिका छ ।

मकवानपुरमा भुकम्पीय आवास पुर्ननिर्माणका डकर्मी तालिमको अनुगमन । - 2017-05-27

हेटौंडा अनलाईन मकवानपुरको पूर्वी क्षेत्रमा सञ्चालित ५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन गरिएको छ । अनुगमन हेल्भेटास/सोडेक प्रालि सर्लाही र आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरले संयुक्त रुपमा आयोजना गरेको हो ।

रुद्र-सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७४ बाट दुई पत्रकार सम्मानित - 2017-05-27

हेटौडा अनलाईन सहिदहरु कृष्ण सेन ईच्छुक र रुद्र पाख्रिनको स्मृतिमा स्थापना गरिएको ‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाराका पत्रकार बिदुर खड्का र मकवानपुरकी पत्रकार अञ्जली थापालाई प्रदान गरिएको छ ।

हेटौंडामा बृहत रक्तदान कार्यक्रम (फोटो फिचर) - 2017-05-27

हेटौंडा अनलाईन हेटौंडा बुद्धचोकमा आज बृहत रक्तदान कार्यक्रम भएको छ । हेटौंडा चुन उधोगको ४५ औँ वार्षिकोत्सवको सुखद उपलक्ष्यमा आयोजना गारिएको उप्त कार्यक्रममा रक्तदानगर्न आउने दाताहरुको संख्या उल्लेखनीय थियो ।

रुद्र-सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कार्यक्रम हेटौडामा हुने - 2017-05-26

हेटौडा अनलाईन प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा जेष्ठ १३ गते शनिबार "रुद्र-सेन स्मृति रास्ट्रीय पत्रकारिता पुरस्कर-२०७४" प्रदान गरिने कार्यक्रम हुने भएको छ ।

हेटौडा उपमहानगरपालिकाका नव निर्वाचित प्रतिनिधीहरुको सपथ ग्रहण सम्पन्न - 2017-05-26

हेटौडा अनलाईन हेटौडा उपमहानागरपलिकाका निर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन भएको छ।

सपथ ग्रहण कार्यक्रम भोलि - 2017-05-25

हेटौडा अनलाईन स्थानीय तह निर्वाचन २०७४ मा विजयी हुने हेटौंडा उपमहानगरपालिकाको मेयर,उपमेयर र वडा अध्यक्षहरुलाई भोलि सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

थाहा प्रमुखको राजनीति यात्रा र संक्षिप्त जिवनी - 2017-05-25

हेटौंडा अनलाईन मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले रोजेको व्यक्तीलाई नगर प्रमुखमा पाउँदा थाहा नगरवासी उत्साहीत र हर्षित भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12961792 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top