The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


काँग्रेसीजन निराश हुनुपर्ने अवस्था छैनः बानियाँ - 2018-03-26

हेटौंडा, १२ चैत नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि काँग्रेसीजन निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

गाई काण्डका आरोपीहरु भन्छन् : हामीलाई फसाइयो - 2018-03-26

हेटौडा, १२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा गाई काटेर खाएको भनिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुले आफुहरुले गाई काटेर नखाएको दाबी गरेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेको प्रदेश न.३ का सांसद प्रेम बहादुर पुलामीको टोलीसँग कुराकानी गर्दै उनीहरुले आफुहरुलाई फसाइएको बताएका छन् ।

तीन पाङग्रे सवारीलाई बैज्ञानिक व्यवस्थापन गर्न माग - 2018-03-26

चैत्र १२ सोमबार, हेटौंडा । आवश्यकता भन्दा धेरै संख्यामा आयत र विक्री वितरण गरिएको तीन पाङ्ग्रे सवारी साधनले सहर अस्त व्यस्त भएको भन्दै आज तीन पाङ्ग्रे अटो तथा रिक्सा संयुक्त संघर्ष समितिले ६ बुँदे माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

खरेलको एकल साँझ हुने - 2018-03-24

चैत्र १० शनिवार । चर्चित गायक दिपक खरेलको हेटौडामा एकल साँझ हुने भएको छ ।

क्षयरोग दिवशमा अन्तरक्रिया - 2018-03-24

चैत्र १० शनिवार । विश्व क्षयरोग दिवसको अवसर पारेर मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयको आयोजनामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उपचार कोष स्थापना गर्ने पत्रकार महासंघको निर्णय - 2018-03-24

चैत्र १० शनिवार । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आज शनिबार बसेको बैठकले पत्रकार उपचार कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

मेलाले कला र सस्कृति जोगाउन सहयोग गर्छ -पुलामी - 2018-03-23

चैत्र ०९ शुक्रवार, हेटौंडा। बागमती गाउ पालिका फापरबारी रामनवमी तथा महोत्सव मेला शुक्रबार सुरु भएको छ । संस्था अध्यक्ष टेकप्रसाद डिम्डुङको सभाध्यक्षता तथा प्रदेश सांसद् प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्यतामा मेला शुरु भएको हो । पुलामीले महोत्सवले समग्र जिल्लालाई चिनाउने विश्वास गर्दै मेलाले कला र सस्कृति जोगाउन मद्धत पुग्ने बताए ।

प्रशासनसँग संघर्ष गर्न समिति निर्माण - 2018-03-23

चैत्र ०९ शुक्रवार, हेटौंडा । अखिल नेपाल अटो विद्युतीय रिक्सा श्रमिक संघ, नेपाल अटो तथा इरिक्सा व्यवसायी संघ र समाजवादी रिक्सा संघको विहीवार भएको संयुक्त भेलाले तीन पाङग्रे सवारी संयुक्त संघर्ष समिति निर्माण गरेको छ ।

मकवानपुरमा पहिलो पटक महिला क्रिकेट कप - 2018-03-23

हेटौडा, ९ चैत्र । यहि मिति चैत्र ९ गते देखि १६ गतेसम्म फरेस्ट्री खेलमैदानमा वन बिज्ञान अध्ययन संस्थान हेटौंडा स्नातक फरेस्ट्री तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुद्वारा महिला सशक्तिकरणको अभियानमा महिलाहरू क्रिकेट मैदानमा भन्ने नारा सहित मकवानपुरमा पहिलो पटक महिला क्रिकेट कप हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157865 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top