The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाइन


हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।



३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो । 

प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न आजै हेटौंडा आउनुभएका कोईरालालाई यहाँस्थित उच्च पदस्थ अधिकारीहरुले प्रदेश कार्यालय परिसरमा स्वागत गरेका थिए । प्रदेश प्रमुख कोईरालाको स्वागतका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसदहरु डोरमणी पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल र जुनेली श्रेष्ठ मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पुगेका थिए । 

प्रदेश प्रमुख कोईरालालाई जिल्लाको प्रहरी प्रमुख, सुपारेटार ब्यारेकका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपमेयर सहितले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि संक्षिप्त भनाई राख्नुहुँदै प्रदेश प्रमुख कोईरालाले देश विकासमा अघि बढ्न सबैमा आग्रह गर्नुभयो । प्रदेश कार्यालयमा प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि आयोजना भएको कार्यक्रममा मन्तव्य दिने क्रममा उहाँले संविधानको मर्म र भावना अनुसार देश विकासमा अघि बढ्नको लागि आग्रह गर्नुभएको हो ।   






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हे.उ.मा.ना.पा. को वडा नं. १ बाट बदर मत संख्या कति ? - 2017-05-16

हेटौंडा अनलाईन

हेटौडा उपमहानगरपालिकाको मत गणना अपडेट - 2017-05-16

हेटौडा अनलाईन

मकवानपुरमा कहाँबाट कस्ले जित्यो ? - 2017-05-15

हेटौंडा अनलाईन स्थानीय निकाय को चुनाम मा मकवानपुरको विभिन्न स्थानीय निकायहरु बाट मतपरिणाम आउने क्रम जारि छ, मनहरी गाउँपालिका वडा नं ९ को मतगणना सकिएको छ ।

किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ? - 2017-05-15

हेटौंडा अनलाईन स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते उत्साजनक रुपमा भएको मतदान मा हेटौडा उपमहानगरपालिकाका १९ वटा वडामा ६२,२०५ मत खसेको थियो

उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा - 2017-05-15

हेटौंडा अनलाईन नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

गाउँ सहर दुबै शुन्य “दशै आको जस्तै रमाइलो लाछ” -मतदाता - 2017-05-15

हेटौंडा अनलाईन करिव २ दशकको लामो संघर्ष र प्रतिक्षापछि प्राप्त गरेको अवसरलाई खेर जान नदिन नागरिकले गाउँघर र सहर नै शुन्य बनाएर मतदान केन्द्रसम्म पुगेका छन् ।

लोपोन्मुख समुदाय मतदान (फोटो फिचर) - 2017-05-15

हेटौंडा अनलाईन नेपालको लोपोन्मुख समुदाय भित्र पर्ने वनकरियाले मकवानपुरको मनहरी गाउँपालिका वडा न.४ पशुपति माविमा रहेको मतदान केन्द्रमा स्थानीय निर्वाचनमा मतदान गरे ।

मकवानपुरमा उत्साहपूर्वक मतदान - 2017-05-15

हेटौंडा अनलाईन मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र आठ ओटा गाउँपालिकामा अत्यन्त सौहार्द, उत्साहपूवर्कक एवम् शान्तिपूर्ण ढंगले स्थानीय निर्वाचन २०७४ सम्पन्न भएको छ ।

मकवानपुरमा ७२ प्रतिशतभन्दा बढी मतखस्यो :मुख्य निर्वाचन अधिकृत, कहा कति खस्यो हेर्नुहोस् - 2017-05-14

हेटौंडा अनलाईन स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा मकवानपुरमा ७२ प्रतिशत मत खसेको छ। जिल्लाका १० स्थानीय तहहरुमा औसतमा ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकोकार्यालय मकवानपुरले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12961776 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top