The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाइन


हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण


हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।



३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो । 

प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न आजै हेटौंडा आउनुभएका कोईरालालाई यहाँस्थित उच्च पदस्थ अधिकारीहरुले प्रदेश कार्यालय परिसरमा स्वागत गरेका थिए । प्रदेश प्रमुख कोईरालाको स्वागतका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसदहरु डोरमणी पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल र जुनेली श्रेष्ठ मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पुगेका थिए । 

प्रदेश प्रमुख कोईरालालाई जिल्लाको प्रहरी प्रमुख, सुपारेटार ब्यारेकका प्रमुख, शसस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपमेयर सहितले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि संक्षिप्त भनाई राख्नुहुँदै प्रदेश प्रमुख कोईरालाले देश विकासमा अघि बढ्न सबैमा आग्रह गर्नुभयो । प्रदेश कार्यालयमा प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि आयोजना भएको कार्यक्रममा मन्तव्य दिने क्रममा उहाँले संविधानको मर्म र भावना अनुसार देश विकासमा अघि बढ्नको लागि आग्रह गर्नुभएको हो ।   






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


निर्वाचनको दिन सबारी ठप्प, अनुगमनमा कडाई - 2017-05-14

हेटौंडा अनलाईन आज हेटौडामा सबारी साधन संचालनमा रोक लगाइएको छ । चेक जाचमा कडाइ भैरहेको छ।

हेटौंडा ४ बासुदेव सभागृहमा मतदान (फोटो फिचर) - 2017-05-14

हेटौंडा अनलाईन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बासुदेव सभागृहमा यतिखेर भोट हाल्न मतदाता को उत्साजनक उपस्थिति रहेको छ।

हेटौडामा उत्साहजनक उपस्थिति बीच मतदानसुरु फोटो फिचर - 2017-05-14

हेटौंडा अनलाईन

उत्त्साहजनक उपस्थितमा मतदान सुरु - 2017-05-14

हेटौंडा अनलाईन मकवानपुको सवैजसो मतदान केन्द्रहरुमा बिहाननै देखी मतदाता हरु लाइनमा बसेर भोट हाल्दै

फोटो सहितको मतदाता परिचपत्र नभए पनि भोट हाल्न पाइने - 2017-05-13

हेटौंडा अनलाईन निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आइतबार हुने मतदानअघि विभिन्न स्थानमा मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएपछि परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ।

अपडेट : चुनावको मुखमा उम्मेदवार अपहरण - 2017-05-13

मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे अज्ञात समुहले अपहरण

चुनावको मुखमा उम्मेदवार अपहरण - 2017-05-13

हेटौंडा अनलाईन नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे नियन्त्रणमा लिएको नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले जानकारी दिनु भयो।

राजनैतिक दलको उम्मेदवार बनेका मकवानपुरका पत्रकार बिरुद्द महासंघमा उजुरी दर्ता - 2017-05-12

हेटौंडा अनलाईन पत्रकार महासंघ मकवानपुरमा मकवानपुर जिल्लामा बिभिन्न दलको टिकटमा उम्मेदवार बन्नु भएका पत्रकारहरुको महासंघको सदस्याता खारेजीको माग गर्दै इश्वर न्यौपानेले उजुरी दर्ता गर्नुभएको छ ।

भोट हाल्दै ५४ बनकरिया - 2017-05-12

हेटौंडा अनलाईन बाँसले बारेर खरले छाएको झुप्रोमा श्याम बनकरिया शुक्रबार दिउंसो छोरा सुताउंदै थिए । उनकी पत्नी पार्वती खाना पकाउंदै थिइन् । उनीहरुको दुःख त बयान गरिसाध्य छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12961778 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top