The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


तामाङ सञ्चार समूहको दोस्रो साधारणसभा - 2018-03-10

हेटौंडा,२६ फागुनः तामाङ सञ्चार समुह मकवानपुरको दास्रो अधिवेशन आज मकवानपुरको हेटौंडामा भएको छ । ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

सार्वजनिक हितको निम्ति बन्यो जनसरोकार केन्द्र मकवानपुर - 2018-02-21

हेटौंडा जनदबाब समुह मकवानपुरको आयोजनमा आज हेटौडामा समसामयीक बिषयमा छलफल एबं जनदबाब समुह मकवानपुरको कमिटीलाई पुर्णता प्रदान गर्ने सम्बन्धमा भेला मार्फत जनसरोकार केन्द्र, मकवानपुर निर्माण भएको छ ।

माओवादी केन्द्रको नगर अध्यक्षमा घलान - 2018-02-19

हेटौंडा नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिका नगर समितिको आज पदाधिकारी चयन गरिएको छ । शनिवार सम्पन्न सम्मेलनले ५३ जनालाई नगर समितिमा चयन गरिएपनि पदाधिकारी भने चयन हुन बाँकी थियो ।

सामाजिक सुरक्षा कोष पहिलो आवश्यकता - 2018-02-19

हेटौडा अखिल नेपाल निर्माण मजदुर संघको पाँचौ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले निर्माण मजदुरहरुको सामाजिक सुरक्षा कोष पहिलो आवश्यकता रहेको बताएका छन् ।

माग पूरा गराउन ३० दिने अल्टिमेटम - 2018-02-17

हेटौंडा,५ फागुनः हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी तथा सिभिल मजदुरहरुले आफ्ना तीन सुत्रीय माग पूरा गराउन सरोकारवा पक्षलाई थप तीस दिने अल्टिमेटम दिएका छन् ।

हिंसा बिरुद्ध सचेतनामूलक गीतिनाटक - 2018-02-15

हेटौंडा,३ फागुनः महिला माथि हुने हिंसा बिरुद्ध सचेतनाका लागि आज बिहिबार मकवानपुरको मनहरी बजारमा गीति नाटक मञ्चन भएको छ । मकवानपुर महिला समूहको आयोजनामा मिरमिरे किशोरी समूहले गीति नाटक मञ्चन गरेका हुन् ।

परिवार नियोजनको साधन प्रयोगदरमा बृद्धि - 2018-02-15

हेटौंडा,३ फागुनः नेपालमा परिवार नियोजनको साधनहरु प्रयोग गर्ने दरमा क्रमशः बृद्धि हुँदै गएको आज हेटौंडामा आयोजित एक कार्यक्रममा बताईएको छ । विभिन्न भ्रम र सेवाको सिमितताका बाबजुद परिवार नियोजनका साधन प्रयोगकर्ताहरुको संख्यामा बृद्धि भएको बारे अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो ।

जनयुद्ध दिवसमा दीप प्रज्वलन - 2018-02-13

हेटौंडा,१ फागुनः २३ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी (केन्द्र), मकवानपुरले दीप प्रज्वलन गरी जनयुद्ध दिवसको रुपमा मनाएको छ । सो पार्टीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

शिक्षक संगठनमा लम्सालको नेतृत्व - 2018-02-03

हेटौंडा,२० माघः एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको अध्यक्षमा गोकुल लम्साल चयन भएका छन् । आज शनिबार हेटौंडामा भएको संगठनको भेलाले लम्सालको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157848 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top