The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

“नोटको नभई त्यागको राजनीति आवश्यक”


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाईन


“नोटको नभई त्यागको राजनीति आवश्यक”


मनहरी गाउँपालिका वडा न. ९ मा वाम गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ।मंसीर २१ गते हुन गइरहेको संघ र प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा आज सम्पर्क कार्यालय उद्घाटन गरेको हो ।

मनहरी गाउँपालिका वडा न. ९ मा वाम गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ ।मंसीर २१ गते हुन गइरहेको संघ र प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा आज सम्पर्क कार्यालय उद्घाटन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला अध्यक्ष एवम् निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलले राजनीति ठेकदारहरुको ठेक्कापट्टा गर्ने ठाउँ नभएको भन्दै यसको निम्ति त्याग, समर्पण र योगदान चाहिने बताउनुभयो । स्थानीय उम्मेदवारहरु नै दुःखको सच्चा साथी हुने भएकोले समृद्ध नेपाल निर्माणको लागि वामगठबन्धनको उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा निर्वाचन परिचालन समितिका सहसंयोजक वलराम बलले पैसाको पोको देखाउदै राजनीतिमा छिर्नेहरुलाई कडा निगरानी राख्न शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेताहरु विष्णु ओझा, लालबहादुर थापा, रामप्रसाद कालाखेती, मदन दाहाल, युवा संघका केन्द्रीय नेता कमल पाठक लगायतकाले देशको उज्जवल भविष्य र समृद्ध नेपालको निम्ति वामगठबन्धनलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा अतिथिहरु मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, ९ न.वडा अध्यक्ष साधुराम अधिकारी, नेताहरु

 रामहरि सुवेदी, निवन्ध लामा, संन्जिव पाठक, नवराज सुवेदी, भुमिनन्दन अर्याल, पत्रकारहरु शिवकुमार काशी, नानीमैया विष्ट लगायतका रहेका थिए । कमल गोपालीको अध्यक्षतामा भएको कार्यक्रमलाई लक्ष्मण उप्रेतीले संचालन गर्नुभएको थियो ।  






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


खाद्य अधिकार, पर्याप्तता दिगोपना, बिषयमा १ दिने प्रशिक्षण सम्पन्न - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुरको रणनैतिक कार्ययोजना निर्माण गरिएको छ । हिजो हेटौंडामा भएको कार्यशालाले सञ्जालको आगामी आर्थिक बर्षको रणनैतिक योजना बनाएको हो ।

सिमेन्ट उद्योग पहुँच मार्ग विषयमा छलफल सम्पन्न - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले हिजो राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सिमेन्ट उद्योग पहुँच मार्ग विषयमा छलफल गरेको छ ।

देशभरीकै महिला उद्यमी हेटौंडामा भेला हुने - 2017-07-02

आषाढ १८ आइतवार, हेटौंडा नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो आषाढ २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रवासबाट युवाले लेखे मेयरलाई खुल्ला-पत्र । के छ पत्रमा - 2017-07-01

आषाढ १७ शनिवार, हङकङ । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ निवासी विष्णु के.सी.प्रवाशमा हुनुहुन्छ । तरपनि आफ्नो नगरको मायाँ र प्रवासको समस्याले सताईरहँदा नयाँ निर्वाचित नगरप्रमुख लाई सम्बृद्ध नगर बनाउन खुल्लापत्रमार्फत अनुरोध गर्नुभएको छ ।

दुई मोटरसाइकल चोर पक्राउ - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । गत आषाढ, १५ गते हेटौंडा उपमहानगरपालिका ५ बानियाटोल बाट हराएको मोटरसाइकल भेटिएको छ ।

प्रेस सेन्टरको प्रहरीले गरेको दुव्र्यवहारप्रति ध्यानाकर्षण - 2017-06-30

आषाढ १६ शुक्रवार, हेटौंडा । हिजो साँझ रेडियो सरोबरका स्टेशन म्यानेजर राजु लामिछानेलाई हेटौडा–४ स्थित सितलमहल चोकमा प्रहरीले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको प्रति प्रेस सेन्टर नेपाल मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण गरेको छ ।

अरुणराज सुमार्गीलाई कार्यकारिणी सदस्य मनोनयन - 2017-06-30

आषाढ १६ शुक्रवार, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ । विगत लामो समयदेखि महासंघमा आवद्ध भएका सुमार्गी यसअघि मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका थिए ।

हेटौडामा धान दिवस तथा रोपाई महोत्सब सम्पन्न - 2017-06-29

आषाढ १५ बिहीवार, हेटौंडा । हेटौडामा ‘दुई बालि धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित धान दिवस तथा रोपाई महोत्सब मनाइएको छ ।

लागु औषध सहित मानिस तथा भारतिय ट्रक पक्राउ - 2017-06-28

आषाढ १४ बुधवार, हेटौंडा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865302 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top