The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नतिजामा सधै उत्कृष्ठ हुने आधुनिक उच्च माविले मनाउने भयो स्वर्ण जयन्ती - 2017-06-23

आषाढ ०९ शुक्रवार, हेटौंडा । सामुदायिक विद्यालय तर्फ सधै उत्कृष्ठ हुँदै आएको श्री आधुनिक राष्ट्रिय उच्च माध्यामिक विद्यालयले असोज १ गतेदेखि ३ गतेसम्म भव्यरुपमा आफ्नो स्वर्ण जयन्ती मनाउने भएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान - 2017-06-23

आषाढ ०९ शुक्रवार, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) मकवानपुर बहुमुखी क्याम्पसले स्ववियुका पुर्व पदाधीकारी एवम् गत स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गरेको छ ।

सर्लाहीका महत र मकवानपुरका ढकाल मस्ट वाण्टेड सूचीमा - 2017-06-22

आषाढ ०९ शुक्रवार, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार सूचीमा राख्दै उनीहरुबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ।

सिर्जनशिल समाज सहकारीको स्थापना दिवस सम्पन्न - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । मकवानपुरगढी ४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवस आज सम्पन्न भएको छ ।

फेरी अबैध सुन पक्राउ - 2017-06-21

आषाढ ०७ बुधवार, हेटौंडा । रक्सैल हरदिया पुर्वी चम्पारण बिहार भारत बस्ने वर्ष १८ को मनिष कुमारले लुकाई छिपाई ल्याएको सुन ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट पक्राउ गरिएको छ ।

करेन्ट लागेर १ जना घाइते - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा यातायात गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन ।

गाउँगाउँमा प्रबिधि भित्रँदै (फोटो फिचर) - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा थ्रेसरको प्रयोग गरी धान भित्राउँदै किसान । ग्रामीण क्षेत्रका युवा बैदेशिक रोजगारीमा गएपछि प्रबिधिको प्रयोग बढ्दै गएको हो ।

नागरिक स्वास्थ्य बिमा मकवानपुरमा पनि - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । नागरिक स्वास्थ्य बिमा यो नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको कार्यक्रम हो । यसै अन्तर्गतको यो कार्यक्रम पछिल्लोपटक मकवानपुरमा पनि थालनी हुन लाएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई समुदायका महिलाले गरे स्वागत - 2017-06-18

आषाढ ०४ आइतवार,हेटौंडा । स्थानीय तह निर्वाचन मार्फत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमबीच समुदायका महिलाहरुले स्वागत गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907659 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top