The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अभिभावकलाई सचेत गराउन जनप्रतिनिधिको आग्रह - 2017-06-18

आषाढ ०४ आइतवार,हेटौंडा । किशोर, किशोरीमा नैतिक शिक्षाको जरुरी रहेको भन्दै अभिभावकहरुलाई यसबारे सचेत गराउन जनप्रतिनिधिहरुले जोड दिएका छन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनमा खरेली - 2017-06-18

आषाढ ०४ आइतवार,बाग्मती मकवानपुर । बाग्मती गाउँपालिका नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।

बकैयामा चुरे संरक्षण सम्वन्धि अन्र्तक्रिया - 2017-06-17

आषाढ ०३ शनिवार, हेटौंडा । जिल्ला वन कार्यलय मकवानपुरको आयोजनामा पुर्वि मकवानपुरको बकैयामा चुरे संरक्षण तथा यसको बहुआयामीक पक्षको विषयमा अन्तक्रिया कार्यक्रम शनिबार गरिएको छ ।

बकैयामा सामाजिक स्वास्थ्य सुरक्षा विमा सम्वन्धी अभिमुखिकरण - 2017-06-17

आषाढ ०३ शनिवार, हेटौंडा । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको आयोजनामा स्वास्थ्य विमा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

अव माओवादी जस्तै बन्नुहोस - 2017-06-16

२०७४ आषाढ ०२ शुक्रवार । नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले निर्वाचित जनप्रतिनिधिहरुलाई जनहित विपरित कुनै पनि कार्य नगर्न आग्रह गरेकी छिन् ।

नबनोस सकस अपाङ्गलाई मतदान गर्न - 2017-06-15

आषाढ ०१ बिहीवार, हेटौंडा । पहिलो चरणको स्थानिय तहको निर्वाचन सकिएको छ । छुटेका प्रदेस हरुमा यहि १४ गते पुन दोस्रो चरणको निर्वाचन हुँदै छ ।

दृष्टिविहीनहरुका निम्ति कृषि तथा पशुपालन सम्बन्धि तालिम - 2017-06-13

जेष्ठ ३० मंगलवार, हेटौंडा । नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रम मकवानपुर र मकवानपुर नेत्रहीन संघको सयुक्त सहकार्यमा होटल कोजिहोम शिखरकोटको तालिम कक्षमा दृष्टिविहीनहरुका निम्ति तीन दिने आधुनिक कृषि तथा पशुपालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

नापी अधिकृतद्वरा गरियो सि.सि. टिभी उद्घाटन - 2017-06-12

जेष्ठ २९ सोमबार, हेटौंडा । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडीको प्रमुख आतिथ्यमा नापी कार्यालय मकवानपुरमा CC TV camera उद्घाटन गरिएको छ ।

जनताको कामको लागि टोलटोलमा जानुहोस् -कुमारी मोक्तान - 2017-06-11

जेष्ठ २८ आइतवार, कैलाश । नेकपा माओवादी केन्द्रकी पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले जनताको आवश्यक काम कार्यलाई टोलटोलमा गएर सेवा दिन पार्टीका गाउँस्तरीय नेता कार्यकर्ता तथा विजयी उम्मेदवारहरुलाई सुझाव दिएकी छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907675 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top