The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडामा रक्तदान - 2017-06-11

जेष्ठ २८ आइतवार, हेटौंडा । हेटौंडाः जिल्ला युवा विकास समिति मकवानपुरका आयोजनामा आज विहान ३३ जना रक्तदान गरेका छन् ।

जग्गा फिर्ता गर्न सेनासँग स्थानीयको माग - 2017-06-11

जेष्ठ २८ आइतवार, हेटौंडा । सशस्त्र द्वन्दको बेला नेपाली सेनाले अतिक्रमण गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता गर्न वा उचित स्थानमा सट्टा दिन स्थानीय पीडितहरुले आग्रह गरेका छन् । मनहरी गाउँपालिका–६ सुनाचुरीका स्थानीयको द्वन्दकालमा नेपाली सेनाले लिएको जग्गा उपभोग गर्न नपाएकोमा उनीहरुले दुखेसो पोखेका हुन्।

नि:शुल्क शिविरमा ४१९ ले सेवा लिए - 2017-06-10

जेष्ठ २७ शनिवार, हेटौडा । थाहा नगरपालिका दोबाटो पालुङ प्राथमिक स्वास्थ्य शिविर बाट पहिलो दिन ४ सय १८ जनाले निशुल्क सेवा लिएका छन् ।

स्थानीय अधिकार कटौति गर्ने षड्यन्त्र हुँदैछ–कुमारी मोक्तान - 2017-06-10

जेष्ठ २७ शनिवार, हेटौडा । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले स्थानीय अधिकार कटौती गर्ने षड्यन्त्र भईरहेको बताएकी छिन् ।

माओवादी केन्द्रलाई माथि उठाउन नयाँ सोचको विकास जरुरी - 2017-06-09

जेष्ठ २६ शुक्रवार, हेटौडा । नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामीले पार्टीलाई नयाँ आधारमा उठाउन नयाँ सोचको विकास जरुरी रहेको बताएका छन् ।

जनता बोलेका कुरा व्यवहारमा लागु भएको हेर्न चाहान्छन् बलराम बल - 2017-06-09

जेष्ठ २६ शुक्रवार, हेटौडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा उपमहानगरपालिका ईन्चार्ज बलराम बलले जनताले भाषण भन्दा पनि बोलेका कुरा व्यवहारमा लागु भएको हेर्न चाहेको बताएका छन् ।

सामाजिक सेवामा म्यादी प्रहरी अगाडी बढ्दै - 2017-06-08

जेष्ठ २५ बिहीवार, काठमाडौं । स्थानिय निर्वाचन ७४लाई लक्षित गरि भर्ना लिईएका म्यादी प्रहरीले मकवानपुर हेटौडामा मानवसेवा आश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।

एकीकृत अटो भिलेज बनाउने तयारी - 2017-06-07

जेष्ठ २४ बुधवार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले हेटौंडामा एकीकृत अटोभिलेज स्थापनाका लागि आफू सकारात्मक रहेको बताएका छन् ।

उद्यमशीलताको विकासको निम्ति अन्तर्क्रिया कार्यक्रम - 2017-06-07

जेष्ठ २४ बुधवार, हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आज संघको सचिवालय हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी समितिकी उपसभापति सरु के.सी.लगायतसँग महिला उद्यमशीलताको विकास तथा भावी कार्ययोजनाको अन्तक्र्रिया सम्पन्न गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907672 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top