The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भ्रष्टरहित समाज निर्माणमा पुलामीको सुझाव - 2017-06-07

जेष्ठ २४ बुधवार, ईन्द्रसरोवर। नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी (छिन्तु)ले गाउँ समाजलाई भ्रष्टरहित समाज बनाउने अभियानमा लाग्न गाउँपालिका स्तरीय नेताकार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।

लागुऔषध सहित युवा पक्राउ - 2017-06-06

जेष्ठ २३ मंगलवार, हेटौंडा । गत सोमबार, हेटौंडा ५ स्थित भैरव रोडबाट ललितपुर टिकाथली बस्ने भुवन चन्दलाई लागूऔषध सहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

नारायणी यातयात व्यबसायी संघ द्वारा सम्मान कार्यक्रम - 2017-06-05

जेष्ठ २२ सोमबार, हेटौंडा । नारायणी यातयात व्यबसायी संघ मकवानपुर द्वारा आज हेटौंडामा सम्मान कार्यक्रम आयोजन गरिएको छ ।

हेटौंडा मा वातवरण दिवस सम्पन्न - 2017-06-05

जेष्ठ २२ सोमबार, हेटौंडा । आज मिति २०७४।०२।२२ गते वातावरण दिवस मुल आयोजक समिति, हेटौंडा उपमहानगरपालिका को आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भयो ।

आउने भए मकवानपुरका सबै स्थानीय तहमा कर्मचारी - 2017-06-05

जेष्ठ २२ सोमबार, हेटौडा । सरकारले स्थानीय तहको काम कारवाहीका लागि आवश्यक पर्ने कर्मचारीको संख्या निश्चित गरे संगै अब मकवानपुर जिल्लाका गाउपालिका र नगरपालिका ले पूर्णता पाउने भएको छ ।

सामुदायिक सेवा केन्द्र - ११ द्वारा निर्वाचित प्रतिनिधि हरुको सम्मान - 2017-06-04

जेष्ठ २१ आइतवार, हेटौंडा । सामुदायिक सेवा केन्द्र हेटौंडा ११ को आयोजनामा नव निर्वाचित मेयर तथा उपमेयर सहित वडा नम्बर ११ का निर्वाचित प्रतिनिधि हरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

हेटौडामा अटोल्याण्ड बन्ने निश्चित - 2017-06-04

जेष्ठ २१ आइतवार, हेटौडा । हेटौडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबल महतले हेटौडामा एकिकृत अटोल्याण्ड स्थापनाका लागि आफु लागिपर्ने बताउनु भएको छ ।

माओवादी केन्द्रले गर्यो समीक्षा सहितको वडा भेला - 2017-06-04

जेष्ठ २० शनिबार, हेटौंडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उमनपा-२ बमस्खण्डीमा समीक्षा सहितको वडा भेला सम्पन्न गरेको छ ।

नवौँ डि-सिने अवार्ड हेटौँडामा हुने - 2017-06-04

जेष्ठ २० शनिबार, हेटौंडा । मोफसलबाट कार्यक्रम गरेर चर्चा बटुल्दै आएको छायाँछवि क्रियशनको डि–सिने अवार्डको नवौं संस्करण यसपटक हेटौंडामा सञ्चालन गर्ने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907626 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top