The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गस्तीमा युरिया मल फेला - 2017-06-03

जेष्ठ १९ शुक्रवार, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार साँझ फेला पारेको युरिया मलको बारेमा शुक्रबार प्रेस रिलिज गरेर सार्वजनिक गरेको छ ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशमा के छ ? - 2017-06-03

जेष्ठ २० शनिवार,हेटौंडा । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशमा के छ ?

अब के हुन्छ हेटौंडा उपमहानगर सरकारको पहिलो निर्णय ? - 2017-06-02

जेष्ठ १९ शुक्रवार, हेटौंडा । स्थानीय जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्राथमिकता दिन थालेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चासो देखाएको छ ।

जिल्ला खेलकुद विकास समितले गर्यो नव निर्वाचित जनप्रतिनिधीहरुको सम्मान - 2017-06-02

जेष्ठ १९ शुक्रवार, हेटौंडा । जिल्लाखेलकुद विकास समिति मकवानपुरले वधाई तथा शुभकामना कार्यक्रम गरि नव निर्वाचित जन प्रतिनिधिहरुको सम्मान गरेको छ ।

सन्राइज बैंक लिमिटेडको शाखा मकवानपुरको हेटौंडामा - 2017-05-31

जेष्ठ १७ बुधवार, हेटौंडा । सन्राइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मिति २०७४/०२/१७ गते बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक श्री धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर श्री हरि बहादुर महतज्यूले संयुक्त रुपमा गर्नुभयो ।

संघको व्यापार मेला कात्तिकमा, चौलागाई सचिवमा मनोनित । - 2017-05-30

जेष्ठ १६, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्ष आउ“दो कात्तिक ८ देखि १९ गतेसम्म हेटौंडामा गर्ने निर्णय गरेको छ ।

भन्सार छली ल्याएको अबैध सुन पक्राउ - 2017-05-30

जेष्ठ १६ हेटौंडा, गत आइतबार राती २:३० बजेको ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुर बाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको अबैध सुन पक्राउ गरेको हो ।

राजपा द्वारा रौतहटको निर्वाचन कार्यालय घेराउ दर्जनौ कार्यकर्ता पक्राउ - 2017-05-30

जेष्ठ १६ रौतहट, रौतहट जिल्लाको सदरमुकाम गौरको निर्वाचन कार्यालय लाई राजपा द्वारा मंगलवार घेराउ गरिएको छ ।

के हुन्छ अब भरतपुरमा ? - 2017-05-30

हेटौंडा अनलाईन संवाददाता भरतपुर महानगरपालिकाको मतगणना अनिश्चित समयका लागि रोकिए संगै अब के हुन्छ भन्ने टुङ्गो लाग्न सकिरहेको छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907597 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top