The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


यसरी चल्छ हेटौडा उपमहानगरपालिकाको सरकार: - 2017-05-30

हेटौंडा अनलाईन संवाददाता नयाँ संविधान अनुसार स्थानीय सरकार गठनका लागि पहिलो चरणको स्थानीय तह निर्वाचन सकिएको छ । स्थानीय तहको निर्वाचन परिणामसँगै नेपालका लागि नौलो अभ्यासका रुपमा रहेको स्थानीय सरकारको गठन र संचालन चासोको विषय बनेको छ ।

लामो समयको बिबाद पछि पत्रकार महासंघ बारामा नयाँ नेतृत्व चयन - 2017-05-30

हेटौंडा अनलाईन संवाददाता नेपाल पत्रकार महासंघ बाराको छैठौं जिल्ला अधिवेशन सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गर्दै सोमबार सिममरामा सम्पन्न भएको छ ।

मनहरीमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न । - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता हेटौडा,मकवानपुरको मनहरी गाउँपलिकाको हाँडिखोला भुद्रुङ टाँडि ब्याप्टिष्ट मण्डलीमा वाइबलिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

भरतपुरमा मतगणना अनिश्चित समयका लागि रोकिएको छ - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता भरतपुर महानगरपालिकाको मतगणना अनिश्चित समयका लागि रोकिएको छ । मध्यराती मतपत्र च्यातिएपछि उत्पन्न भएको विवादका कारण मतगणना रोकिएको हो ।

रामग्राम महिला जेसिज द्धारा रक्तदान कार्यक्रम - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता नवलपरासी १५ जेठ, रामग्राम महिला जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज परासीको पृथ्वीचन्द्र अस्पतालमा एक कार्यक्रम गरी रक्तदान गरेको थियो । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ गरीएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।

लागु औषध सहित मानिस पक्राउ - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता मिति २०७४।०२।१२ गते अं.१४:०० बजेको जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी बसपार्क, मकवानपुर बाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादव संघीय समाजवादी फोरममा प्रवेश - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता रौतहट जिल्लाको गौर नगरपालिकाको पूर्व मेयर गौरीशंकर यादवले संघीय समाजवादी फोरममा प्रवेश गरेको छ ।

प्र.म बाट फास्ट ट्रयाक शिलान्यास सम्पन्न - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता प्रधान मंन्त्रि पुष्पकमल दाहाल प्रचन्डले बर्तमान सरकारले राष्टिय गौरबका योजनाहरु प्रथामिकताका साथ पुरागराउने लक्ष्य लिएको जनाउनु भएको छ । काठमान्डौ तराई जोडने दृतमार्ग फास्ट ट्रयाक को शिलान्यास गर्दै सो कुरा बताउनु भएको हो ।

विधुत सर्ट हुँदा आगलागी - 2017-05-29

हेटौंडा अनलाईन संवाददाता हेटौडा ११ थानाभंर्यांगमा एक्कासी विधुतसर्ट भै आगलागी भएको छ । आज बिहान थानाभर्यांगमा रहेको मध्य क्षेत्रीय प्रहरी कार्यालयको गेटमा उप्त घटना भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907705 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top