The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाहा प्रमुखको राजनीति यात्रा र संक्षिप्त जिवनी - 2017-05-25

हेटौंडा अनलाईन मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले रोजेको व्यक्तीलाई नगर प्रमुखमा पाउँदा थाहा नगरवासी उत्साहीत र हर्षित भएका छन् ।

कृष्ण सेन स्मृति पुरस्कार बेपत्ता पत्रकार चित्रनारायण श्रेष्ठलाई - 2017-05-25

हेटौंडा अनलाईन काठमाडौं जेष्ठ ११, यस वर्ष बेपत्ता पत्रकार श्रेष्ठको सम्मानमा सेन स्मृति दिवस प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीले संयुक्त रुपमा मनाउने भएको छ ।

व्यवसायिक तालिमका बारे अन्तक्र्रिया सम्पन्न । - 2017-05-24

हेटौडा अनलाईन हेटौंडा, जेष्ठ १० । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा राष्ट्रसंघको सीप विकास कार्यक्रमको सहकार्यमा मकवानपुरमा दक्ष जनशक्ति तयार विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।

पुनः मतगणनाको माग गर्दै ६ विपक्षको नाममा उजुरी - 2017-05-24

हेटौंडा अनलाईन राक्सिराङ गाउँपालिका वडा नं.६ मा रहेको दुईवटा मतदान केन्द्रमा खसेको जम्मा ९४७ मत निर्वाचन अधिकृतको कार्यालय राक्सिराङ चैनपुरमा पु¥याएर गणना गर्दा ८६३ मत मात्र भेटिएपछि फरक परेको ८४ मतको खोजी हुँदा निर्वाचन अधिकृतले वास्ता नगरेपछि उच्च अदालत पाटन, हेटौडा इजलासमा आज ६ विपक्षीको नाममा उजुरी परेको छ ।

मसिनेमा वडाध्यक्षलाई स्वागत - 2017-05-24

हेटौंडा अनलाईन हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले नवनिर्वाचित जनप्रतिनिधिलाई बुधबार विद्यालयमा स्वागत तथा सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले मनहरी गाउँपालिका–४ (साबिक हाँडीखोला–७) का वडाध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अन्तिम वडाको मत गणना सुरु २०० को अपडेट - 2017-05-24

हेटौडा अनलाईन स्थानीय निर्वाचन २०७४, हेटौडा उपमहानगरपालिकाको मतगणना आज अन्तिमदिन बहुप्रतिक्षित वडा, अर्थात् वडा नम्बर ११ जसकोको मतगणनाकार्य भखरै सुरु भएको छ । अहिले हेटौडा उपमहानगरपालिकामा अन्तर्गत १९ वटा वडाहरु रहेका छन् ।

हेटौंडा ९ मा एमाले प्यानलनै बिजयी - 2017-05-24

हेटौडा अनलाईन हेटौडा उपमहानगरपालिका वडा न. ९ को मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सम्पन्न भए भए संगै वडा नं ९ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट लक्ष्मण प्रसाद भण्डारी बिजयी हुनुभएको हो ।

हेटौडा १० मा एमाले को प्यानल नै बिजयी - 2017-05-23

हेटौडा अनलाईन हेटौडा १० मा नेकपा एमालेको प्यानल सहित बिजयी भएको छ

हेटौडा उपमहानगरपालिकाको ९ र १० को पछिल्लो अपडेट - 2017-05-23

हेटौडा अनलाईन हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को अहिले सम्म ९०० मत गणना भएको छ । पछिल्लो अपडेट अनुसार कस्को कतिमत परिणाम हेर्नुहोस

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907697 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top