The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गणेशमान सिंहको २० औं स्मृति दिवसमा बिचार गोष्ठी - 2017-09-18

असोज ०२ सोमबार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।

माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न - 2017-09-10

भाद्र २५ आइतवार, हेटौडा । नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन समिति, मकवानपुरले आज बृहत बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का ३ नं प्रदेश इन्चार्ज हितमान शाक्यले देश माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको निष्कर्ष निकाल्नुभएको छ ।

काँग्रेसको हेटौंडा १८ मा वडा परिचालन समिति - 2017-09-10

भाद्र २५ आइतवार, हेटौंडा आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस मकवानपुरको पार्टी एवं भातृ संस्थाहरुको विस्तार, सुदृढिकरण र परिचालन अभियान अन्र्तगत आईतबार हेटौंडा १८ मा वडा परिचालन समिति गठन गरिएको छ ।

पारिश्रमिक बिनाको सेवामूलक कामबारे अभिमुखीकरण - 2017-09-10

भाद्र २५ आइतवार, हेटौंडा । पदमपोखरीका महिला तथा पुरुषहरुलाई सँगै राखेर पारिश्रमिक बिनाको सेवामूलक कार्यबारे अभिमुखीकरण गरिएको छ । महिलाका मुद्धामा पुरुषहरुलाई पनि जानकारी गराएर यस अभियानमा सँगै अगाडी बढाउन सकिएमा महिला–पुरुषको समान विकासको व्यवहारिक कार्यान्वयनका लागि सहज हुने भन्दै जोडीहरुलाई यस्तो विषयमा अभिमुखीकरण गरिएको हो ।

टिकाराम दराई स्मृति भलिबल शुरु - 2017-09-09

भाद्र २४ शनिवार, हेटौंडा । फरेष्टर टिकाराम दराईको स्मृतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाई समिति, वन क्याम्पसले “टिकाराम दराई स्मृति भलिबल कप–२०७४” शनिवारबाट शुरु गरेको छ ।

सेक्युरिटी संघको भेला - 2017-09-09

भाद्र २४ शनिवार, हेटौंडा । नेपाल सेक्युरिटी मजदुर संघ मकवानपुरको चौथो एकता भेला आज एक कार्यक्रम बीच सम्पन्न भएको छ । संघका अध्यक्ष रविन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरुले धेरैजसो मजदुर र मालिक बीचको समस्याहरु नियम कानुन भन्दा पनि आपसी सम्झौतामा टुङिगने गरेको बताए ।

हेटौडामा शुरु भो पैचो पसल - 2017-09-09

भाद्र २४ शनिवार, हेटौंडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पुर्रयाउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा आज पैचो पसलको शुभारम्भ गरेको छ ।

भ्रष्टाचारबिरुद्ध र्रयालीमा नागरिकसँगै सडकमा उत्रिए जनप्रतिनिधि - 2017-09-08

भाद्र २४ शनिवार, हेटौंडा मकवानपुरका जनप्रतिनिधि, सरकारी कर्मचारी नागरिक समाजसँगै भ्रष्टाचार बिरुद्धको र्रयालीमा सहभागी भएका छन् । भ्रष्टाचार विरुद्ध एकता एवम् नागरिक खबरदारी गर्ने उद्धेश्यका साथ आयोजित र्रयालीका क्रममा कर्मचारी, विद्यार्थी, नागरिक समाज, पत्रकार सँगै जिल्लाका जनप्रतिनिधिहरु सडकमा देखिएका हुन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको विस्तारीत बैठक सम्पन्न - 2017-09-06

भाद्र २१ बुधवार, हेटौंडा । नेकपा माओवादी केन्द्र निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको विस्तारीत बैठक सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907690 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top