The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राक्सीराङमा कांग्रेस अध्यक्ष राजकुमार मल्ल विजयी - 2017-05-19

हेटौंडा अनलाईन राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएके हो ।

एमालेको अर्को विजय - 2017-05-19

हेटौंडा अनलाईन भर्खरै सकिएको मतगणनाको परिणाम अनुसार हेटौंडा १७ मा एमाले प्यानलनै विजयी भएका छन् । अध्यक्षमा ११८१ मत ल्याएर भैरव राई विजयी हुनुभएको हो । यो विजय संगै हेटौंडा उपमहानगरपालिकाको २,३,१७,१८,१९ मा एमाले विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा न १७ ताजा अपडेट - 2017-05-19

हेटौंडा अनलाईन हेटौंडा उपमहानगरपालिका वडा न.१७ मा अहिले सम्म ३३०० मतगणना भएको छ । कुल खलेको ३६०३ मतमा ३००० मत गन्दा वडा न.१७ मा मेयरका लागि कांग्रेसको मत बढी छ । तर वडा न.१७ को वडाअध्यक्षमा भने एमाले अगाडी छ ।

थाहा ७ मा पनि माओवादी केन्द्र - 2017-05-18

हेटौंडा अनलाईन थाहा नगरपालिका ७ वडाको मत गणना समाप्त भएको छ । जसमा माओवादी केन्द्रका वडा अध्यक्षले विजय प्राप्त गर्नुभएको छ । १२ वटा वडा संख्या रहेको थाहामा मेयर उपमेर र २ नम्वर वडाको भने मत परिणाम अझैसम्म आउन बाँकि नै छ ।

कहाँ-कहाँ जित्यो मावोबादी ले - 2017-05-18

हेटौंडा अनलाईन बागमती गाउपालिका प्रमुख सहित वडाहरु ३,४,५ र ६ बकैया गाउपालिका वडा न: १ र २ भिमफेदी गा.पा. वडा न: ३

मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस - 2017-05-18

हेटौंडा अनलाईन मकवानपुर जिल्ला समन्वय समितिको कार्यालयमा जारि रहेको स्थानीय तह निर्वाचनको मतगणना कार्य आज सम्म आइपुग्दा हेटौडा उपमहानगरपालिका भित्रका ४ ओटा वडाको मतगणना सम्पन्न भै नतिजा आइसकेको छ ।

थाहा नगरका १० वटा वडाको मत गणना सकियो । - 2017-05-18

हेटौंडा अनलाईन थाहा नगरपालिका १० वडाको मत गणना समाप्त भएको छ । जसमा ५ स्थानमा माओवादी केन्द्र र ५ स्थानमा एमालेले विजय प्राप्त गरेको छ । १२ वटा वडा संख्या रहेको थाहामा २ नम्वर वडा र ७ नंबरको भने मत परिणाम अझैसम्म आउन बाँकि छ ।

हेटौंडा उपमहानगरपालिका १८ को मत गणना २०० मतगणना परिणाम - 2017-05-17

हेटौंडा अनलाईन उपमहानगरपालिका २ नं वडामा हरि राउत विजयी हुनुभएको छ । मत परिणाम सार्बजनिक भएसंगै अहिले १८ नंबर वडाको मत गणना सुरुभएको छ ।

प्रमुख उपप्रमुखको मत संख्या - 2017-05-17

हेटौंडा अनलाईन मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907615 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top