The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौडा उपमहानगरपालिका २ नं वडाको ताजा परिणाम - 2017-05-17

हेटौंडा अनलाईन हेटौडा उपमहानगरपालिका को १,१९ को मत गणना हिजै संम्पन्न भएको थियो अहिले बिहानदेखि २ नं वडाको मत गणनाजारि छ अहिले सम्मको गणनाको आधारलाई हर्ने हो भने

हृदय भरिको शुभकामना ! - 2017-05-17

हेटौंडा अनलाईन शालिन, मिलनसार, इमान्दार र जुझारु युवा, नेकपा माओवादी केन्द्रका युवा नेता सर्केश घलान क. मधु बागमती गाउँपालिकाको अध्यक्ष निर्र्वािचत हुनुभएको छ । बधाइ छ मधु दाइ ! कुशल नेतृत्व र सफल कार्यकालको शुभकामना ।

मनहरी गाउँपालिकामा ४ वडाअध्यक्ष विजयी - 2017-05-17

हेटौंडा अनलाईन मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

इन्द्रसरोवरको मतगणना सम्पन्न - 2017-05-17

हेटौंडा अनलाईन ५ ओटा वडा रहेको इन्द्रसरोवर गाँऊपालिकाको मतगणना सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगर पालिका ताजा मतगणना बिबरण - 2017-05-17

हेटौंडा अनलाईन प्रमुख : नेकपा एमाले : २४५६ नेका र मावोबादी केन्द्र गठबन्धन : २३७१

थाहा नगरपालिका मकवानपुर ताजा परिणाम - 2017-05-17

हेटौडा अनलाइन मेयरमा माअाेवादी ४३३१ एमाले ३६१६ माअाेवादी ७१५ मतका साथ अगाडि छ । अहिले वडा नं १ काे मत गणना हुँदै छ , जहाँ वडा अध्यक्ष पनि माअाेवादीकै उमेदवार अगाडि छन । थप विवरण आउन बाँकी छ ।

कैलास गाउँपालिकामा वडा नम्बर को १० मतगणना जारी - 2017-05-17

हेटौंडा अनलाईन मकवानपुरको कैलास गाउँपालिकामा पनि एमाले विजयी भएको छ । वडा नम्बर १ देखि ९ को मतगणना सम्म एमाले विजय भएको छ । हाल वडा नम्बर १० को मतगणना जारी रहेको छ ।

थाहामा वडा १ मा मावोबादी शिर्ष स्थानमा - 2017-05-17

हेटौंडा अनलाइन थाहा नगरपालिका अहिले वडा नं १ को मत मतगणना जारी छ । अहिले सम्मको ताजा जानकारी वडा नं. १ बाट मेयरमा प्राप्त मत एमाले ४५९ माओवादी ७४४ उप मेयररमा कांग्रेस ६९५ एमाले ४७३वडा अध्यक्षमा कांग्रेस ३८९ एमाले ४८५ माओवादी ५१७ छ ।

मकवानपुरमा एक स्वतन्त्रसहित ३४ वडामा मतपरिणाम सार्बजनिक - 2017-05-16

हेटौंडा अनलाईन स्थानीय तह निर्वाचन अन्तरर्गत ३४ वडाको मतगणना सकिएको छ । नेपाली कांग्रेसले र एमाले बराबरी नतिजा हासिल गरेका छन् भने माओबादी केन्द्र पछी लागिरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907621 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top