The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भीमफेदी गाउँपालिकामा उम्मेदवार घोषणा - 2017-04-22

नेकपा (माओवादी केन्द्र) मकवानपुर भीमफेदी गाउँपालिकाको अध्यक्षमा रंजित राना र उपाध्यक्षमा अप्सरा लोप्चनको नाम आज घोषणा भएको छ ।

बकैयामा उम्मेदवार घोषणा - 2017-04-22

नेकपा माओवादी केन्द्र मकवानपुरको बकैया गाउँपालिकाको उम्मेदवार एक कार्यक्रम बीच घोषणा गरिइएको छ ।

हटियामा चुनावी घरदैलो कार्यक्रम - 2017-04-22

नेकपा माओवादी केन्द्रले हेटौँडा उपमहानगरपालिकामा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

एमाले, काँग्रेस,राप्रपा छाडेर माओवादी केन्द्रमा - 2017-04-22

नेकपा एमाले,नेपालीकाँग्रेस र राप्रपा नेपाल परित्याग गरी हेटौँडा २ का १५ जना युवाहरु नेकपा माओवादीकेन्द्रमा प्रवेश गरेका छन् ।

बागमतीमा माओवादीले घलानलाई उठाउने - 2017-04-22

नेकपा माओवादी केन्द्रले मकवानपुरको पूर्वीबागमती गाउँपालिको अध्यक्षको उम्मेदवारमा नेता सर्केस घलान(मधु) लाई प्रस्ताव गरेको छ ।

जिर्ण मकवानपुर गढीको रुप फेरिएला ? - 2017-04-20

-भानुभक्त आचार्य नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ ।

बिभिन्न पेशाबाट आत्मनिर्भर बन्दै महिला - 2017-04-20

-रञ्जिता डंगोल समूहबाट महिलाहरु आत्मनिर्भर बन्दैगएका छन् । स्वरोजगार कोष अभियानसंगको समन्वय पश्चात चुरियामाई गा.वि.स शिखरपानि टोलमा बस्ने प्रभा तिमल्सिनाको हाउस वाईरिंग तालिम लिने अवसर मिलेपछि उनको जिबनमा परिवर्तन आएको बताउछिन् ।

किसानलाई व्यवसायि बनाउन अनुदान - 2017-04-20

मकवानपुरको विभिन्न स्थानमा रहेर व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई सहजता प्रदान गर्न अनुदान प्रदान गरिएको छ ।

गढीमा माओवादी केन्द्रको कार्यक्रम - 2017-04-20

हेटौडा अनलाईन खबर नेकपा (माओवादी केन्द्र) मकवानपुरको गढी गाउँपालिका वडा ७ सुकौरामा निर्वाचन प्रचारप्रसार समिति कार्यलय उद्घाटन गरिएको छ । वडा अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भीम पाख्रिनले उद्घाटन गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907686 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top