The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


माओवादी केन्द्र भिमफेदीको अध्यक्षमा स्याङ्तान - 2017-09-03

भाद्र १८ आइतवार, मकवानपुर । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिकको भेला तथा सम्मेलन आईतबार भएको छ । भेलामा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा माओवादीप्रति जनलहर बढेको बताउनुभयो ।

पारिजात टोल बिकाश संस्था ले गर्यो मानब सेवा लाई सहयोग - 2017-09-01

२०७४ भाद्र १६ शुक्रवार, मकवानपुर हेटौडामा रहेको पारिजात टोलबिकास संस्थाले आज एक कार्यक्रमका बिच मानब सेवा आश्रमलाई बिभिन्न समाग्री सहयोग गरेको छ ।

संघर्ष समितिले बुझायो ज्ञापनपत्र: गुम्बा पूननिर्माणमा करोडौँ भ्रष्टाचार भएको दाबी - 2017-08-31

भाद्र १५ बिहीवार, हेटौँडा । मकवानपुरमा गठित भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरले आज जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरवारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।

मकवानपुरका वाढि पीडितलाई राहत सामाग्री वितरण - 2017-08-26

भाद्र १० शनिवार, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसद्धारा राहत वितरण गरिएकोछ । शनिबार मनहरी गाउँपालिका ५ नम्बर वडाका वाढि पीडितहरुलाई राहत वितरण गरिएको हो ।

सरोवरद्वारा ५ चेली सम्मानित - 2017-08-24

भाद्र ०८ बिहीवार, हेटौंडा । मकवानपुरमा विभिन्न क्षेत्रमा लामो समयदेखि क्रियाशील ५ चेलीलाई हरितालिका तिजको अवसरमा रेडियो सरोवरले आज भव्य कार्यक्रम बीच सम्मान गरेको छ।

क्रान्तिकारी महिलाको तीज विशेष कार्यक्रम - 2017-08-12

श्रावन २८ शनिवार, हेटौंडा । नजिकिँदै गरेको हरितालिका तीजको सन्दर्भमा हिजो हेटौंडामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका-४ नं. वडा कमिटिको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

ढुक्कसँग हिँड्नसक्ने वातावरण बनाउँछुः एसपी खनाल - 2017-08-12

श्रावन २७ शुक्रवार, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनालले यस जिल्लाबासीले बिना कुनै त्रास ढुक्क भएर हिँड्न सक्ने वातावरण बनाउने बताउनुभएको छ । यहाँका प्रहरी प्रमुखको रुपमा आजबाट सेवा सुरु गर्नुभएका उहाँले अपराध न्यूनीकरणमा जोड दिँदै जिल्लाबासीलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाउनुभएको हो ।

महिला उद्यमीको साधारणसभा, उत्कृष्ट महिला, उद्यमी, पत्रकार, सम्मानित - 2017-08-10

श्रावन २६ बिहीवार, हेटौंडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघले मकवानपुरका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई आज सम्मान गरेको छ । संघको पाँचौ साधारण सभा, सम्मान कार्यक्रम तथा तीज विशेष कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

दक्षिणकालीमा नयाँ नेतृत्व - 2017-08-05

२०७४ श्रावन २१ शनिवार, मकवानपुर । हेटौंडा,५ मा रहेको दक्षिणकाली टोल विकास संस्थाको आठौं वार्षिक साधारणसभाले शारदाकुमारी अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907655 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top