The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

९ बुँदे मागसहित तामाङ घेदुङ ३ नम्बर प्रदेशले बुझायो ज्ञापन पत्र।



स्थानीय समाचार   24 पटक पढिएको   हेटौंडा अनलाइन      

बैशाख १५ शनिवार, हेटौंडा I तामाङका सवालमा विभिन्न ९ बुँदे मागसहित नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समिति (ताम्सालिङ) ले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापन पत्र बुझाइएको छ ।

९ बुँदे मागसहित तामाङ घेदुङ ३ नम्बर प्रदेशले बुझायो ज्ञापन पत्र।
३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ज्ञापन पत्र बुझदै ।

हिजो बिहान मुख्य मन्त्री पौडेललाई हेटौँडाको एभोकाडो होटल परिसर र कानुन मन्त्री जम्कट्टेललाई लामसुरेमा समितिले ज्ञापन पत्र बुझाएको हो । समितिका अध्यक्ष सोमबले तामाङद्वारा हस्ताक्षरित ९ बुँदे ज्ञापन पत्रमा प्रदेश नामाकरण, बिदा कटौति निर्णय फिर्ता तथा गाईको मासु खाएको आरोपमा जेल हाल्ने कानुन खारेज गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।

तामाङको कुल जनसंख्याको ७३ प्रतिशत समुदाय ३ नम्बर प्रदेशमै बस्ने गरेको कुरा उल्लेख गर्दै ज्ञापन पत्रमा प्रदेशको मुख्य जाति तामाङको विकास, उन्नति र प्रगति बिना समग्र ३ नम्बर प्रदेशको समृद्धिको सपना पुरा नहुने उल्लेख गरिएको छ । तामाङ जातिको प्रमुख राष्ट्रिय पर्व सोनाम ल्होछार भएको उल्लेख गर्दै कम्तिमा ५ दिन मनाईने ल्होछारलाई प्रदेश नम्बर ३ को मुख्य सांस्कृतिक पर्वका रुपमा प्रवद्र्धन गरि कम्तिमा प्रदेश सरकारले ३ दिन बिदाको व्यवस्था मिलाउन माग गरिएको छ । ल्होछार सांस्कृतिक पर्व मात्र नभई चन्द्र पात्रो (मञ्जुश्री सम्वत) मा आधारित नयाँ वर्ष समेत भएकोले मञ्जुश्री सम्वतलाई प्रदेश सरकारबाट राष्ट्रिय सम्बतका रुपमा मान्यता दिन समेत ज्ञापन पत्रमा माग गरिएको छ ।

तामाङ समुदायको दोस्रो महत्वपूर्ण पर्व चैत पूर्णिमामा मनाइने तेमाल जात्रा भएको र त्यस अवसरमा विभिन्न धार्मिक स्थलमा यो जात्रा पर्वकै रुपमा मनाईने उल्लेख गर्दै प्रदेश सरकारले कम्तिमा २ दिन बिदाको व्यवस्था मिलाउनुका साथै विश्व आदिवासी दिवस अगस्ट ९ मा एक दिन सार्वजनिक बिदा दिन माग गरिएको छ ।

ज्ञापन पत्रको तेस्रो बुँदामा नेपालको संविधानको धारा ७ अनुसार प्रदेश सरकारले नेपाली भाषा बाहेक थप एकभन्दा बढी भाषालाई प्रदेशको सरकारी कामकाजी भाषा बनाउन सक्ने व्यवस्था भएको उल्लेख गर्दै प्रदेश नम्बर ३ को सरकारी कामकाजी भाषाका रुपमा तामाङ भाषालाई तोक्न आग्रह गरिएको छ । साथै प्रदेशमा तामाङ समुदायलाई शैक्षिक रुपमा अघि बढाउन प्रदेश सरकारबाट विशेष शैक्षिक योजना ल्याउन र प्रदेशका विद्यालयहरुमा तामाङ भाषाको शिक्षा अनिवार्य बनाउन समेत माग गरिएको छ ।



३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ज्ञापन पत्र बुझदै ।

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ज्ञापन पत्र बुझदै ।

त्यस्तै भुकम्पबाट क्षति पुगेका तामाङ समुदायका धार्मिक, सांस्कृतिक एवं सामाजिक धरोहरहरुका रुपमा गुम्बा, बिहार, माने लगायतलाई पूननिर्माण गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ । साथै तामाङ समुदायका धार्मिक तथा सांस्कृतिक स्थलहरुलाई पर्यटकीय स्थलमा रुपमा विकास गर्न समेत माग गरिएको छ । ज्ञापन पत्रमा नेपाल संवैधानिक रुपमै धर्म निरपेक्षका रुपमा घोषणा भइसकेको अवस्थामा पनि मूल कानुनसँग बाझिने गरि ऐन,कानुनको निर्माण गरि गाईको मासु खाएको आरोपमा निर्दोष तामाङहरुको व्यक्ति हत्या तथा जेलमा सडाउने कार्यले हालसम्म निरन्तरता पाइरहेको भन्दै त्यस्ता कार्यहरुलाई तत्काल बन्द गर्न माग गरिएको छ । साथै प्रदेश कानुन निर्माण गर्दा मूल कानुनसँग नबाझिने बनाउन पनि माग गरिएको छ ।

ज्ञापन पत्रको छैठौँ बुँदामा तामाङ समुदायको आर्थिक अवस्था कर्णालीको भन्दा पनि कम देखिएको उल्लेख गर्दै ताम्सालिङ क्षेत्रमा रिङरोड निर्माण योजनालाई तत्काल पूर्णता दिनुपर्ने माग गरिएको छ । साथै ३ नम्बर प्रदेशमा तामाङ विकास परियोजना अघि सार्न प्रदेश मातहातमा तामाङ विकास समिति बनाएर स्पष्ट नीतिका साथ अघि बढ्न समेत जोडदार माग गरिएको छ । संविधानमा लेखिए अनुसार समानुपातिक समावेशी सिद्धान्त व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै तामाङ समुदायलाई समानुपातिक प्रतिनिधित्व र सहभागिताको सुनिश्चितताको माग गरिएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु


९ बुँदे मागसहित तामाङ घेदुङ ३ नम्बर प्रदेशले बुझायो ज्ञापन पत्र। - 2018-04-28

बैशाख १५ शनिवार, हेटौंडा I तामाङका सवालमा विभिन्न ९ बुँदे मागसहित नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समिति (ताम्सालिङ) ले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापन पत्र बुझाइएको छ ।

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव - 2018-04-18

हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

यो सरकार समृद्धि र विकासको यात्रामा सफल भएर देखाउनेछ । मोक्तान - 2018-04-13

चैत्र ३० शुक्रवार, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी गरेकी छिन् ।

ट्रेड युनियन महासंघको १४ न.वडामा भेला - 2018-04-07

हेटौडा, २४ चैत्र । अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौडा उपमहानगरपालिका वडा न. १४ को भेला सम्पन्न भएको छ ।

संघीयताका पक्षधर सचेत हुनुपर्ने - 2018-04-07

मनहरी, २४ चैत्र । संघीयतालाई असफल पार्न यसलाई मन नपराउनेहरुको चलखेल बढिरहेको राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले आज एक कार्यक्रमबीच बताए ।

वाम एकता अहिलेको जनचाहना : कुमारी मोक्तान - 2018-04-07

चैत्र २४ शनिवार। प्रदेश नं ३, मकवानपुर । प्रदेश नम्बर ३ का संसदीय दलका उपनेता एवं सांसद कुमारी मोक्तानले वाम एकता अहिलेको जनचाहना भएको भन्दै युवाहरुलाई सचेत रहन आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएलको भिमफेदी गाउँपालिका भेलालाई शनिवार सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले वाम कम्युनिष्टबिच फाटो निम्त्याउने खेल भएपनि त्यो सफल भने नहुने बताईन् ।

जनमको सम्झनामा शोकसभा - 2018-04-06

मकवानपुर, २३ चैत । नेकपा (माओवादी केन्द्र ) हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज नेवारपानीमा शोकसभा गरिएको छ । पार्टीका वडा सदस्य जनम सिं गोलेको मृत्यू भएको १३ औँ दिन पारेर शोकसभा गरिएको हो ।

रामकृष्ण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम - 2018-04-02

चैत्र १९ सोमबार, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य रामकृष्ण श्रेष्ठको निधन भएको आज १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

पालुङटार लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने -श्रेष्ठ - 2018-04-01

चैत्र १८ आइतवार, गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने उद्घोष गर्नुभएको छ।

हेटौंडामा बिशेष ट्राफिक चेकजाँच - 2018-04-01

चैत्र १८ आइतवार, हेटौंडा । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले शनिबार सवारी अनुमतिपत्रबिना सवारी चलाउने ८० भन्दा बढी अटो तथा इ रिक्सा चालकहरुलाई कारबाही गरेको छ ।

फोनिज मकवानपुरको नयाँ कार्यसमिति चयन - 2018-03-31

चैत्र १७ शनिवार, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चौथो अधिवेशनले नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व सचिव एवम् अन्नपुर्ण पोष्टमा काम गरिरहेका कृष्ण सारुलाई अध्यक्षमा चयन गरेको छ ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13218404   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top