The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फरार अभियुक्त पक्राउ: तिनलाख पचास हजार जरिवाना - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । बारा करैया गा.बि.स. वडा नं. ८ काट गाँउ बस्ने ईन्द्रजित चौधरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज गते हे.उ.म.न.पा. १० स्थित बसपार्क एरिया बाट पक्राउगरी आवश्यक कारवाहीको लागी सम्मानित अदालतमा पेश गरिएकोमा रु.३,५१,५३६ (तीन लाख एकाउन्न हजार पाँच सय छत्तीस) जरिवाना तिराई छाडिएको ।

३० किलो लागुऔषध चरेशसहित ७ जना पक्राउ(अपडेट) - 2017-07-20

२०७४ श्रावन ०५ बिहीवार । सशस्त्र प्रहरीले लजमा कारोवारीहरुको जमघट भएको र लागु औषध भारत जाने सूचना पाउन साथ पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

इन्द्रसरोवरमा माछा उत्पादन घट्यो - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । विद्युत् उत्पादनका निम्ति निर्मित देशको सबभन्दा ठूलो पोखरी कुलेखानी जलविद्युत परियोजनाको इन्द्रसरोवरमा माछा उत्पादन पछिल्लो समय घट्दै गएको छ ।

पावसमा स्वास्थ्य शिवीर तथा भुकम्प पिडीत पशुपालकलाई राहत वितरण - 2017-07-19

श्रावन ०४ बुधवार, बकैया । जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नं ५ पावसमा कृषकहरुलाई पशु शिवीर सहित औषधि वितरण गरेको हो ।

३० किलो लागुऔषध चरेशसहित ७ जना पक्राउ - 2017-07-19

श्रावन ०४ बुधवार, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार ठूलो परिमाणमा लागुऔषध चरेशसहित ७ जना पक्राउ परेका छन् ।

लागु औषध गाँजा सहित २ भारतीय नागरिक पक्राउ - 2017-07-17

श्रावन ०२ सोमबार, हेटौंडा । गत आइतबार ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले लेवट स्थित पुर्व पश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा नारायणगढ बाट हेटौडा तर्फ आउदै गरेको ना.५ ख. ४५२३ नं.को यात्रु बहाक बसमा लुकाई छिपाई ल्याएको लागु गाँजा ५ के.जी. ५०० ग्राम सहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।

मकवानपुरमा भीमसेन महतको माले कांग्रेसमा बिलय - 2017-07-17

श्रावन ०२ सोमबार, हेटौडा । नेकपा मालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला सचिव भीमसेन महत नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।

महिला समितिको सीपमूलक तालिम आजबाट, सुमार्गीलाई संघको स्वागत । - 2017-07-17

श्रावन ०२ सोमबार, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आजबाट शुरु भएको २ महिने व्यटीपार्लर र १ महिने उलन सामग्री बनाउने तालिम हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले उद्घाटन गर्नु भएको छ ।

वडा नम्बर १२ को कार्यालय उद्घाटन सम्पन्न - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय आज शुक्रबार उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपालिका १२ स्थित हात्तीगौंडामा भाडामा लिइएको भवनमा कार्यालय स्थापना गर्ने निर्णय भएपछि आजबाट सुरुवात गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907693 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top