The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बकैयाको पहिलो गाउँसभा सम्पन्न: पुर्जा, स्वस्थ्य, सडक, शिक्षा प्रमुख - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौडा । बकैया गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ को लागि ४२ करोड,६९ लाख २७ हजार रुपैँयाको अनुमानित आयब्याय विवरण प्रस्तुत गरिएको छ ।

१ किलो ५१६ ग्राम अवैध सुन सहित भारतीय नागरिक पक्राउ - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौडा । आज बिहान ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे स्थित प्रहरी चेकपोष्टमा काठमाण्डौ बाट बिरगंन्ज तर्फ जांदै गरेको ना.१.ज.४०२९ नंबरको टाटा सुमो बिशेष सुचनाको आधारामा चेकरजाँच गरेको हो ।

१९ जना द्वन्द्व प्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । जिल्ला बालकल्याण समिति मकवानपुरबाट द्वन्द्व प्रभावित सशस्त्र द्धन्द्धबाट प्रभावित बालबालिकाको पुनःस्थापना एवम् पुनःएकीकरण परियोजना अन्तर्गत विहीबार साविकको आग्रा गा.वि.स.का ११ जना, हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका ७ र साविक हाडीखोला गा.वि.स.का १ जना गरी जम्मा १९ जना प्रत्यक्ष द्वन्द्व पीडित बालबालिकाहरुलाई शैक्षिक सहयोग वितरण गरिएको छ ।

लगानी सम्भावना बारे अन्तरक्रिया सम्पन्न - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौडा । जिल्लामा सम्भावित लगानीका क्षेत्रहरु सम्बन्धमा विश्व बैंकका प्रतिनिधिहरु संग विहीबार छलफल कार्यक्रम भएको छ ।

उपभोक्ता हित सम्बन्धि अन्तक्र्रिया सम्पन्न - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौडा । उपभोक्ता हित सम्बन्धि सचेतनात्मक अन्तक्र्रिया आज मकवानपुरको मनहरीमा सम्पन्न भएको छ ।

धान चुट्ने थेसरले चेप्दा महिलाको मृत्यु - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौडा । ना ३ त ४५६१ नम्बरको ट्याक्टरमा जोडिएको धान चुट्ने थेसरले चेप्दा हेटौंडा ६ चौघडाकी आइतिमाया थोकरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना दिउँसो साढे दुइ बजे भएको हो ।

हेटौंडा उपमहानगरको प्रथम नगर अधिबेशन शुरु - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । हेटौडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन आजबाट हेटौडामा शुरु भएको छ।

प्रहरीद्वारा लागु औषध नष्ट - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । बुधवार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतका प्रतिनिधी तथा संञ्चारकर्मीहरुको रोहबरमा लागु औषध नष्ट गरेको छ ।

१२ जना द्वन्द्व प्रभाबित बालबालिकालाई छात्रबृत्ति - 2017-07-12

आषाढ २९ बिहीवार, हेटौंडा । बुधबार हाँडीखोलाका द्वन्द्व प्रभाबित १२ जना बालबालिकालाई बुधबार छात्रबृत्ति प्रदान गरिएको छ । जिल्ला बालकल्याण समिति मकवानपुरका परियाजना तथा सूचना अधिकृत रबि हमालले कक्षा ११ र १२ मा अध्ययन गरिरहेका १२ जनालाई जनही ६ हजार रुपैया“का दरले छात्रबृत्ति दिएको जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907652 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top