The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अभियानमैत्री सहकारी ऐन आउँछ: ( नेफ्स्कून ) महासचिव चन्द्र ढकाल - 2017-07-07

आषाढ २३ शुक्रवार, रौतहट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव चन्द्र ढकालले अभियानमैत्री सहकारी ऐन आउने बताउनुभयो । आज रौतहटको चन्द्रपुरमा नेफ्स्कून प्रदेश समितिको पहिलो वैठकमा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

करिव १८ करोडमा गिट्टी बालुवको ठेक्का: कलेक्सन एण्ड म्यानेजमेन्ट कम्पनी लाई - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले ढुँगा, गिट्टी, वालुवाको बिक्री तथा निकासी करको ठेक्का १७ करोड ९२ लाख रुपैयाँमा लगाएको छ ।

तीन अर्ब लगानी गर्नेभयो सरकारले: पशुपन्छीको व्यावसायिक विकासका लागि - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ ।

- 2017-07-06



हेटौंडा ११, थानाभर्याङमा बिहानै सबारी दुर्घटना - 2017-07-06

आषाढ २२ बिहीवार, हेटौंडा । काठमाडौं बाट बर्दिबास को लागि छुटेको ना ५ ख ३७६२ नम्बर को बस आज बिहान हेटौंडामा दुर्घटना भएको छ ।

लागु औषध ओसार-पसारमा संम्लग्न चार यूवक पक्राउ - 2017-07-05

आषाढ २१ बुधवार, हेटौंडा । हिजो ईलाका प्रहरी कार्यालय पशुपतिनगर, बाट खटिएको प्रहरी टोलीले रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बिरंगज बाट हेटौडा तर्फ आउदै गरेको ना. ६ ख. ७८७१ नं. को यात्रु बहाक बसबाट लागु औषध ओसार-पसारमा संम्लग्न चार यूवक पक्राउ परेका हुन् ।

उपमहानगर मै तिन दिन देखी अध्यारो - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । हेटौडा उप-महानगरपालिका को १७ नम्बर वडाको पत्केरीमा तिन दिन देखी बिधुत प्रवाह अबरूद्द हुँदा स्थानियबासी समस्यामा परेका छन ।

शिवम सिमेन्टमा नागरिकले बूझाए ज्ञापन-पत्र - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । मकवानपूरमा रहेको शिवम सिमेन्ट लिमिटेडको बिविध बिषयलाई लियर स्थानिय नागरिक तथा सरोकार समितीले आज उधोगका नायब महाप्रबन्धक संजय कुमार सुवेदीलाई ज्ञापन-पत्र बुझाएका छन ।

खैरो हिरोईन बिक्रि गर्दागर्दै तिन युबक पक्राउ - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । हिजो हेटौडाको चिल्ड्रेनपार्क बाट लागु औषध खैरो हिरोईन बिक्रि बितरण गर्दै गर्दा तिन युबक पक्राउ परेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907632 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top