The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

माग पूरा गराउन ३० दिने अल्टिमेटम


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाईन




हेटौंडा,५ फागुनः हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी तथा सिभिल मजदुरहरुले आफ्ना तीन सुत्रीय माग पूरा गराउन सरोकारवा पक्षलाई थप तीस दिने अल्टिमेटम दिएका छन् ।

हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी तथा सिभिल मजदुरहरुले आफ्ना तीन सुत्रीय माग पूरा गराउन सरोकारवा पक्षलाई थप तीस दिने अल्टिमेटम दिएका छन् । 

खानी महाशाखा ओखरे तथा भैंसे खानीमा कार्यरत मजदुरहरुको संघर्ष समितिले विज्ञप्ति निकालेर अल्टीमेटमको समय ३० दिन थप गरिएको जानकारी गराएको हो । यसअघि संघर्ष समितिले मजदुरहरुको माग सम्बोधनका लागि उद्योगको प्रशासन पक्ष तथा सरोकारवालाहरुलाई ३५ दिने अल्टीमेटम सहित ज्ञापन पत्र दिएको थियो । माग सम्बोधन नभएपछि समितिले पुनः समय थप गरिएको र मजदुरका माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ । 

हेटौंडा सिमेन्ट उद्योगको खानी क्षेत्रमा काम गर्ने मजदुरलाई कर्मचारी नियुक्ति गर्दा पहिलो प्राथमिकता दिने विषयमा विगतमा भएको सहमति कार्यान्वयन गर्न संघर्ष समितिले माग गरेको छ । त्यसैगरी सेक्युरिटीमा अन्य कम्पनीबाट भन्दा पनि हेटौंडा सिमेन्ट उद्योगबाट नै राखिनुपर्ने र श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जवाफदेहिता बढाउन संस्थाको सामाजिक परीक्षण - 2018-01-23

हेटौंडा,९ माघः नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ । विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार केन्द्र मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

केसीको स्मृतिमा सरस्वतीको मन्दीर हस्तान्तरण - 2018-01-22

हेटौडा, ८ माघ मनहरी–९ स्थित केही समय अघि दुर्घट्नामा परि निधन हुनुभएका स्थानीय समाजसेवी तथा नेता काशीराम केसीको स्मृतिमा सरस्वतीको मन्दीर निर्माण पछि आज हस्तान्तरण गरिएको छ ।

काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत - 2018-01-21

हेटौंडा, ७ माघ नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

३ न. प्रदेशको सपथ ग्रहण सम्पन्न - 2018-01-21

हेटौंडा, ७ माघ मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । आज जेष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सांसद डोरमणी पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउनुभएको हो भने सांसद पौडेलले १ सय १० सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभामा सपथ गराउनुभयो ।

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण - 2018-01-20

हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।

सिमेन्टको मूल्यबृद्धि बिरुद्ध युवाको ध्यानाकर्षण - 2018-01-17

हेटौंडा, ३ पुसः मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योग प्रा.लि ले गरेको मूल्यबृद्धिको दुई युवा संगठनले बिरोध गरेका छन् । मूल्यबृद्धिको बिरोध गर्दै योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले आज बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका हुन् ।

विद्यालयमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन - 2018-01-17

हेटौडा,३ पुस “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।

११ बुँदे माग सहित हेटौडा अस्पतालमा नर्सहरुको धर्ना - 2018-01-14

हेटौड, ३० पुस नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् ।

वनमा खोटो संकलन गर्न पाइने निर्णय - 2018-01-14

भीमफेदी, ३० पुस मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष पनि खोटो संकलन गर्ने निर्णय गरेको छ । त्यसै गरी समूहले आन्तरिक खपतको लागि काठ संकलन गर्ने, भकम्प पीडितलाई आवश्यकता र प्राथमिकता अनुसार सहुलियत दरमा काठ उपलब्ध गराउने तथा सामुदायिक भवनको क्षमता बढाउने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12998575 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top