The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

अव छतिवनलाइ बालविवाह मुक्त गाउँ बनाइने


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाइन


अव छतिवनलाइ बालविवाह मुक्त गाउँ बनाइने


२०७४ मंसिर २० बुधवार, हेटौंडा वकैया गाउँपािलका वार्ड न ३, छतिवनको वसनमा अभिभावकहरुले बालविवाह मुक्त गाउँ बनाउने अभियान सुरु गर्ने एक कार्यक्रममा प्रतिवद्धता जनाएका छन् ।

बालविवाह कसरी न्यनिकरण गर्दै हटाउन सकिन्छ भन्ने विषयको कार्यशालामा अभिभावकहरुले विगत ५ वर्ष देखि बालविवाहको तथ्याङ्ग संकलन गर्ने र तुलानात्मकरुपममा बालविवाह घट्दै जानुको कारण समेत अध्ययन गरिने समाज सेवी प्रेम बहादुर डिम्डुङले बताएका छन् ।

सिविन बालहेल्पलाइन नेपालको आयोजना तथा वसन किशोरी समुहको सहकार्यमा संचालित कार्यक्रममा वसन गाउँका समाजसेवी एवं अभिभावकहरु प्रेम बहादुर डिम्डुङ, कमल बहादुर वि.क., बाबुरुम्वा, अक्कल बहादुर डिम्डुङ, लगायतले समाजमा रहेको सामाजिक विकृति, जाँडरक्सि, पारिवारिक कलह, प्रविधिमा अभिभावक र बालबालिका विचको बुझाइमा असमानता, प्रविधिको दुरुपयोग, बालबालिकाको शिक्षा प्रति अभिभाकको वेवास्ता जस्ता कारणले बालविवाह बढेको बताएका छन् । सो स्थानमा विगत १ वर्ष देखि किशोर किशोरीहरुको लागि किशोरी सशक्तीकरण केन्द्र मार्फत प्रति दिन २ घण्टा किशोरी शिक्षा संचालन भइरहेको र यसबाट बालविवाह न्युनिकरणमा सहयोग पुग्ने सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

२ दिनसम्म संचालन भएको सो कार्यक्रममा किशोर किशोरी अवस्थामा आउने परिवर्तन, बालविवाह र कानुनी ब्यवस्था, बालविवाहका असर र यस्ले निम्त्याउने परिणाम, बालविवाह न्युनिकरणमा अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । ४० जना किशोर किशोरीहरुको अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षण सिविन बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली र सम्झना अधिकारीले गर्नु भएको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


लागु औषध सहित मानिस तथा भारतिय ट्रक पक्राउ - 2017-06-28

आषाढ १४ बुधवार, हेटौंडा

प्रदेश र संघीय निर्वाचनमा माओवादी पहिलो पार्टी हुने निष्कर्ष - 2017-06-28

आषाढ १४ बुधवार, हेटौंडा नेकपा माओवादी केन्द्र मकवानपुरको समिक्षा बैठक सम्पन्न भएको छ । पार्टीका पोलिटव्यरुो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको अध्यक्षता तथा पार्टी केन्द्रीय कार्यालय सदस्य लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा समिक्षा बैठक सम्पन्न भएको हो ।

सुन्दरसँगै सफा बन्दै पर्यटकीय नगरीहरु - 2017-06-27

आषाढ १३ मंगलवार, चित्लाङ मकवानपुर, । मकवानपुरको उत्तरी पर्यटकीय नगरीहरु सुन्दरसँगै सफा बन्दै गएको छ । आजभोली थाहा ९ चित्लाङस्थित माझगाउँमा बाटो, नाली र घर वपरिपरि फोहर देखिँदैन । कतै फोहर देखिए स्थानीयहरु बाटो वरिपरि राखिएको डस्विनमा राखिदिन्छन् ।

थाहा नगरमा १ वर्ष पछि दोस्रो पटक बजार अनुगमन, अवस्था सुधारात्मक - 2017-06-26

आषाढ १२ सोमबार, थाहा नगर । मकवानपुरको उत्तरी थाहा नगरमा आज बजार अनुगमन गरिएको छ । खाद्य उद्योग, किराना पसल, होटल, रेष्टुरेन्ट, तथा मिठाई पसलको अनुगमनबाट म्याद गुज्रिएका खद्य पदार्थहरु भेटिएको छन् ।

मनाए मुस्लिम समुदायहरुले हर्षोउल्लासका साथ ईद - 2017-06-26

आषाढ १२ सोमबार, पर्सा । पर्सा जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायहरुले आफनो महान पर्व इदुउल फित्र इदको अवसरमा शुभकामना साटासाट हर्षोउल्लासका साथ धुमधामसंग मनाइरहेका छन् ।

हेटौंडालाई महिला हिँसामुक्त शहर बनाउने छौं । उपमेयर - 2017-06-26

आषाढ १२ सोमबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले हेटौंडालाई महिला हिँसामुक्त शहर बनाउने बताउनु भएको छ ।

रोल आउट कार्यक्रम सम्पन्न - 2017-06-26

आषाढ १२ सोमबार, हेटौंडा । कन्सोर्टियम नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरको आयोजना तथा जिल्ला बालक्लब संजाल मकवानपुरको समन्वयमा जिल्ला बालक्लब संजालका सदस्यहरूसँग भएको हो ।

सचेतनामूलक कार्यक्रम "प्रभात फेरी" हेटौंडा मा (फोटो फिचर) - 2017-06-26

आषाढ १२ सोमबार, हेटौंडा । लागु औषध दुरुपयोग अबैध ओसारपसार बिरुबिरुद्धको अन्तराष्ट्रिय दिबस हेटौडामा प्रभात फेरि सहित कार्यक्रमको सम्पन्न भयो ।

बस्तुगत भ्रमण सम्पन्न - 2017-06-25

आषाढ १२ सोमबार, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरु र संघका प्रतिनिधिहरु सम्मिलित टोलीको आषाढ ९ र १० गते दुई दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899852 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top