The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


स्थानीय समाचार पटक पढिएको हेटौडा अनलाइन


मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु


मंसिर २९ शुक्रवार हेटौडा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

आज मकवानपुरको वागमति गाउँपालिकाको फापरबारीमा भव्य र्रयाली सहितको विजय सभा सम्पन्न भएको हो । क्षेत्र नं. १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा विशाल सभा भएको थियो । सभामा सोही क्षेत्रका प्रदेश सभा (क) का नव निर्वाचित प्रेम बहादुर पुलामी विशेष अतिथि रहेका थिए । 

नव निर्वाचित द्धय दाहाल र पुलामीले वामगठबन्धनलाई मतदाताले विश्वास गरेर मत दिएकोमा धन्यवाद दिएका छन् । उनीहरुले क्षेत्र नं.  १ का नागरिकसँग जोडिएर दुख सुखमा साथ दिने बचनबद्धता व्यक्त गरे । साथै उक्त क्षेत्रका सबै मतदाता, शुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राई, वागमति गाउँपालिका प्रमुख सर्केस घलान, नेकपा (माओवादी) केन्द्रका जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), नेताहरु विवेक राई, प्रमिला पुलामी, वाइसियल मकवानपुरका इन्चार्ज जिवन गोले, अध्यक्ष सुमन पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । ज्ञान सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सर्मिला वि.क.ले स्वागत गरेकी थिइन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बस्तुगत भ्रमण सम्पन्न - 2017-06-25

आषाढ १२ सोमबार, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरु र संघका प्रतिनिधिहरु सम्मिलित टोलीको आषाढ ९ र १० गते दुई दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

कान्ति राजपथमा कालोपत्रे धमाधम - 2017-06-25

आषाढ ११ आइतवार, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग कान्ति राजपथमा कालोपत्रे सुरु भएको छ । ६० वर्ष अघि ट्रयाक खुलेको कान्ति राजपथको हेटौंडा–१७ को चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम सुरु भएको हो ।

सुमो दुर्घट्नामा एकको मृत्यू - 2017-06-25

आषाढ ११ आइतवार, हेटौंडा । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यू भएको छ ।

गोविन्द खड्का स्मृति विशेष कार्यक्रम सम्पन्न - 2017-06-25

आषाढ ११ आइतवार, हेटौंडा । २ सय ६१औं नियमित साहित्य सन्ध्या एवम् गोविन्द खड्का स्मृति विशेष कार्यक्रम सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको सभाहलमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनालले गर्नुभएको थियो ।

जनजातिलाई आफ्नो अधिकारबारे सचेत बनाउन २ दिने अभिमुखीकरण कार्यक्रम शुरु - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । आदिवासी जनजातिको सवाल, अधिकार र कर्तव्य सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले आयोजना गरेको हो ।

लैङ्गिक नीति विषयक सचेतनामूलक अन्तरक्रिया संम्पन्न - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । जिल्ला स्तरीय युवा तथा सरोकारवालाहरुसँग लैङ्गिक नीति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

माओवादीकै कारण परिवर्तन सम्भव भएको हो–कुमारी मोक्तान - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले राष्ट्रिय एकता नै समाज समृद्धीको प्रतिक भएकोले जनतालाई सचेत बनाएर राष्ट्रिय एकतामा जोड दिन माओवादी सफल भएको बताएकी छिन् ।

माओवादी राक्सिराङ कमिटिमा वनस्तम अध्यक्ष - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । हेटौंडा अनलाइन नेकपा माओवादी केन्द्रीय सचिवालय सदस्य सूर्य सुवेदी पथिकले सिंहदरबारको अधिकार गाउँ नगरमा स्थापित भएसँगै देश र समाज समृद्धि र विकास तर्फ अघि बढ्ने बताएका छन् । पार्टीको राक्सिराङ गाउँपालिका अधिवेशनमा बोल्दै प्रमुख अतिथि सुवेदीले सो कुरा बताएका हुन् ।

बकैयामा एकदिने नि-शुल्क स्वास्थ्य शिविर - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । बुद्ध युवा क्लवको आयोजनामा हात्तिसुडेँमा स्वास्थ शिविर सञ्चालन गरिएको छ । बकैया गाँउपालिका वडानं ४ हात्तिसुडेँको ल्वाजर साइट प्लटिङमा आज शिविरको उद्घाटन बकैया गाँउपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गर्नुभएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907601 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top