The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सिमेन्टको मूल्यबृद्धि बिरुद्ध युवाको ध्यानाकर्षण


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाइन


सिमेन्टको मूल्यबृद्धि बिरुद्ध युवाको ध्यानाकर्षण


हेटौंडा, ३ पुसः मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योग प्रा.लि ले गरेको मूल्यबृद्धिको दुई युवा संगठनले बिरोध गरेका छन् । मूल्यबृद्धिको बिरोध गर्दै योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले आज बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका हुन् ।

मकवानपुरको हेटौंडामा रहेको हेटौंडा सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योग प्रा.लि ले गरेको मूल्यबृद्धिको दुई युवा संगठनले बिरोध गरेका छन् । 

मूल्यबृद्धिको बिरोध गर्दै योङ कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपालले आज बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका हुन् । दुबै संगठनका अध्यक्षसहित प्रशासन कार्यालय पुगेको टोलीले सिमेन्टको अप्रत्यासित मूल्यबृद्धिप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

राष्ट्रिय पुनःनिर्माण आयोगले भुकम्प पीडितहरुलाई निर्माण सम्पन्न गर्न दिएको म्याद सकिँदै गर्दा भुकम्प पीडितहरुको निमित्त उद्योगले राहत उपलब्ध गराउनुपर्ने ठाउँमा अनेक कारण देखाउँदै उद्योगले सिमेन्टको मूल्यमा गरेको बृद्धिप्रति संगठनको बिरोध रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै, उद्योगले गरेको मूल्यबृद्धि फिर्ता लिई पूरानै मूल्य कायम गराउन पनि ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्रको बेवास्ता गरिएमा मूल्यबृद्धि बिरुद्ध आन्दोलनमा जानसक्ने चेतावनी दुई संगठनले दिएका छन् । 

युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं र योङ कम्युनिष्ट लिग मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र बुझेपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चसँग पनि कुरा भइरहेको र मञ्चबाट पनि ध्यानाकर्षण भएकोले मूल्यबृद्धिको बिरोधबारे आपूर्ति मन्त्रालयसम्म जानकारी गराइएको बताउनुभयो । उहाँले यस विषयमा आफूले माथिल्लो निकायसम्म पहल गर्ने र युवाहरुको तर्फबाट पनि प्रयास जारी राख्न सुझाव दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अमर प्रहरी स्तम्भ स्मारक - 2017-07-26

श्रावन ११ बुधवार, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा निर्माण गरिएको अमर प्रहरी स्तम्भ स्मारक उद्घाटन गरिएको छ ।

राप्रपाका जिल्ला सदस्य सहित कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश - 2017-07-25

श्रावन १० मंगलवार, हेटौंडा । नेकपा माओवादी केन्द्रको भिमफेदी गाँउपालिका वडा नम्वर ५ खोल्मा डाँडामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पीडितलाई न्याय दिन नसक्दा: महिला हिंसाको घटना उत्तिकै - 2017-07-24

श्रावन ०९ सोमबार, हेटौंडा पीडित पक्षलाई न्याय र दोषीलाई उचित कारबाही हुन नसक्दा अहिले पनि महिला हिंसाको घटनामा कमी आउन नसकेको आज हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । महिला तथा बालबालिका कार्यालय, शिविन बाल हेल्पलाईन र प्लान इन्टरनेशनलले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

३० टोलका कोषाध्यक्षहरुको सहभागितामा: लेखा व्यवस्थापन तालिम - 2017-07-24

श्रावन ०९ सोमबार, हेटौंडा । हेटौडा उपमहानगरपालिकाका ११ वटा वडाका टोलविकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम आईतबारबाट सुरु भएको छ ।

आन्तरिक सुशासन बढाउन अंकपत्रको अभ्यास - 2017-07-22

श्रावन ०७ शनिवार, हेटौंडा । नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका संस्थाहरुमा सामुदायिक अंकपत्रको विधि अभ्यास भइरहेको छ । सोही क्रममा आज हेटौंडास्थित दलित महिला संघको कार्यालयमा यस्तो अभ्यास गराइएको हो ।

खोलामाथि जग्गा प्लटिङ: स्थानीय जनप्रतिनिधिको धन्दा - 2017-07-22

श्रावन ०७ शनिवार,काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठलाई रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ठीक पार्ने धम्की दिएका छन् ।

थाहामा न्यौपाने र सुमार्गीको सम्मान: पर्यटन र स्वास्थ्य लाई ध्यानदिने बाचा - 2017-07-22

श्रावन ०७ शनिवार, हेटौंडा । थाहानगर उद्योग वाणिज्य संघ, पालुङ्गले आज आफ्नै सचिवालयमा एक विशेष कार्यक्रम गरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य द्वय राजकुमार न्यौपाने तथा अरुणराज सुमार्गीको सम्मान गरेको छ ।

फरार अभियुक्त पक्राउ: तिनलाख पचास हजार जरिवाना - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । बारा करैया गा.बि.स. वडा नं. ८ काट गाँउ बस्ने ईन्द्रजित चौधरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज गते हे.उ.म.न.पा. १० स्थित बसपार्क एरिया बाट पक्राउगरी आवश्यक कारवाहीको लागी सम्मानित अदालतमा पेश गरिएकोमा रु.३,५१,५३६ (तीन लाख एकाउन्न हजार पाँच सय छत्तीस) जरिवाना तिराई छाडिएको ।

३० किलो लागुऔषध चरेशसहित ७ जना पक्राउ(अपडेट) - 2017-07-20

२०७४ श्रावन ०५ बिहीवार । सशस्त्र प्रहरीले लजमा कारोवारीहरुको जमघट भएको र लागु औषध भारत जाने सूचना पाउन साथ पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959700 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top