The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सार्वजनिक हितको निम्ति बन्यो जनसरोकार केन्द्र मकवानपुर


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाईन


सार्वजनिक हितको निम्ति बन्यो जनसरोकार केन्द्र मकवानपुर


हेटौंडा जनदबाब समुह मकवानपुरको आयोजनमा आज हेटौडामा समसामयीक बिषयमा छलफल एबं जनदबाब समुह मकवानपुरको कमिटीलाई पुर्णता प्रदान गर्ने सम्बन्धमा भेला मार्फत जनसरोकार केन्द्र, मकवानपुर निर्माण भएको छ ।

जनदबाब समुह मकवानपुरको आयोजनमा आज हेटौडामा समसामयीक बिषयमा छलफल एबं जनदबाब समुह मकवानपुरको कमिटीलाई पुर्णता प्रदान गर्ने सम्बन्धमा भेला मार्फत जनसरोकार केन्द्र, मकवानपुर निर्माण भएको छ । 

नेकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सांसद मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका कमान सिंह पाख्रिन पृथक, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपाको कोषध्यक्ष सुन्दर शाही, राप्र.पा. प्रजातान्त्रिकका बद्री अधिकारी, नारायणी यातायात व्यवसायी संघका महासचिब सरोज कुमार खनाल, उद्योग संघका सचिब बासु कार्की, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष माधब न्यौपाने, प्रबक्ता काव्यमणी अधिकारी लगायत मकवानपुरमा रहेका संघ संथाहरु र क्षेत्रका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको भेलाले ३ न.प्रदेश राजधानी र मकवानपुरमा रहेका समसामयीक समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

 २०७४माघ १४ गतेको भेलाले जनदबाब समुह मकवानपुरको संयोजकमा ध्रुब प्रसाद चौलागाईलाई तोकी सबै पक्षसंग सरसल्लाहा गरि कमिटीलाई पुर्णता दिने भन्ने निर्णय बमोजिम आज भएको भेलाले धु्रब प्रसाद चौलागाईको संयोजकत्वमा समिति निर्माण गरिएको हो । जसको सदस्यहरु क्रमशः–गोपीलाल बिक, ललित कुमार घलान, प्रदिप कोईराला, बाल कृष्ण चौलागाई, माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, शान्ता बराल, बिबेक राई, पुष्क बहादुर थापा , उज्वल चौलागाई, मदन दहाल , अमृत कुमार लामा, भानुभक्त, आचार्य, यादब गजुरेल, बासु खतिवडा, इन्दिरा न्यौपाने, प्रमिला के सी, कृष्ण पसाद्र न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानी मैया बिष्ट, बालकृष्ण अधिकारी,कृष्ण सारु, सुधिर थापा, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशाल राज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, राम कुमार अधिकारी, धर्मराज पुडासैनी, ईन्दिरा न्यौपाने डल्लाकोटी, गोपी न्यौपाने, तिर्थ थापा, लिला कुमार घलान समेत रहने गरि कमिटि निर्माण गरेको छ । 

उक्त भेलाले मकवानपुर जिल्लामा रहेका प्रमुख राजनैतिक पार्टीका प्रमुखहरु, मकवानपुर जिल्लाबाट सबै क्षेत्रमा बन्नु भएका सांसदहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौडा उपमहानगरपालिकाका प्रमुख र मकवानपुरका अग्रनी संघसंस्थाहरु सल्लाहकार रहने समेत निर्णय गरेको छ । उक्त भेलाले जन दबाब समुह नामले मानिसमा प्रतिरोधात्मक र कठोर भए जस्तो भान परेकोले आजैका मिति देखि जन दबाब समुहका नाममा भए गरेका सम्पुर्ण उपलब्धी एबं कामहरुको जिम्मा लिई जन दबाब समुह मकवानपुरको नाम बदलेर जन सरोकार केन्द्र मकवानपुर बनाउने र अब उप्रान्त आज बनेको कमिटिले जन सरोकार केन्द्र मकवानपुरको नामबाट सम्पुर्ण कार्य गर्ने निर्णय समेत गरेको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


इन्द्रसरोवरको मतगणना सम्पन्न - 2017-05-17

हेटौंडा अनलाईन ५ ओटा वडा रहेको इन्द्रसरोवर गाँऊपालिकाको मतगणना सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगर पालिका ताजा मतगणना बिबरण - 2017-05-17

हेटौंडा अनलाईन प्रमुख : नेकपा एमाले : २४५६ नेका र मावोबादी केन्द्र गठबन्धन : २३७१

थाहा नगरपालिका मकवानपुर ताजा परिणाम - 2017-05-17

हेटौडा अनलाइन मेयरमा माअाेवादी ४३३१ एमाले ३६१६ माअाेवादी ७१५ मतका साथ अगाडि छ । अहिले वडा नं १ काे मत गणना हुँदै छ , जहाँ वडा अध्यक्ष पनि माअाेवादीकै उमेदवार अगाडि छन । थप विवरण आउन बाँकी छ ।

कैलास गाउँपालिकामा वडा नम्बर को १० मतगणना जारी - 2017-05-17

हेटौंडा अनलाईन मकवानपुरको कैलास गाउँपालिकामा पनि एमाले विजयी भएको छ । वडा नम्बर १ देखि ९ को मतगणना सम्म एमाले विजय भएको छ । हाल वडा नम्बर १० को मतगणना जारी रहेको छ ।

थाहामा वडा १ मा मावोबादी शिर्ष स्थानमा - 2017-05-17

हेटौंडा अनलाइन थाहा नगरपालिका अहिले वडा नं १ को मत मतगणना जारी छ । अहिले सम्मको ताजा जानकारी वडा नं. १ बाट मेयरमा प्राप्त मत एमाले ४५९ माओवादी ७४४ उप मेयररमा कांग्रेस ६९५ एमाले ४७३वडा अध्यक्षमा कांग्रेस ३८९ एमाले ४८५ माओवादी ५१७ छ ।

मकवानपुरमा एक स्वतन्त्रसहित ३४ वडामा मतपरिणाम सार्बजनिक - 2017-05-16

हेटौंडा अनलाईन स्थानीय तह निर्वाचन अन्तरर्गत ३४ वडाको मतगणना सकिएको छ । नेपाली कांग्रेसले र एमाले बराबरी नतिजा हासिल गरेका छन् भने माओबादी केन्द्र पछी लागिरहेको छ ।

हेटौडाको मतगणना अति सुस्त - 2017-05-16

हेटौडा अनलाईन हेटौंडा उपमहानगरपालिकाका जनता जति छिटो छिटो मतगणना होस भनेर आतुर देखिएका छ्न गणना भने अति सुस्त भैरहेको छ ।

हे.उ.मा.ना.पा. को वडा नं. १ बाट बदर मत संख्या कति ? - 2017-05-16

हेटौंडा अनलाईन

हेटौडा उपमहानगरपालिकाको मत गणना अपडेट - 2017-05-16

हेटौडा अनलाईन

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013346 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top