The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सार्वजनिक हितको निम्ति बन्यो जनसरोकार केन्द्र मकवानपुर


स्थानीय समाचार पटक पढिएको हेटौंडा अनलाईन


सार्वजनिक हितको निम्ति बन्यो जनसरोकार केन्द्र मकवानपुर


हेटौंडा जनदबाब समुह मकवानपुरको आयोजनमा आज हेटौडामा समसामयीक बिषयमा छलफल एबं जनदबाब समुह मकवानपुरको कमिटीलाई पुर्णता प्रदान गर्ने सम्बन्धमा भेला मार्फत जनसरोकार केन्द्र, मकवानपुर निर्माण भएको छ ।

जनदबाब समुह मकवानपुरको आयोजनमा आज हेटौडामा समसामयीक बिषयमा छलफल एबं जनदबाब समुह मकवानपुरको कमिटीलाई पुर्णता प्रदान गर्ने सम्बन्धमा भेला मार्फत जनसरोकार केन्द्र, मकवानपुर निर्माण भएको छ । 

नेकपा एमाले मकवानपुरको अध्यक्ष एबं प्रदेश सभा सांसद मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका कमान सिंह पाख्रिन पृथक, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपाको कोषध्यक्ष सुन्दर शाही, राप्र.पा. प्रजातान्त्रिकका बद्री अधिकारी, नारायणी यातायात व्यवसायी संघका महासचिब सरोज कुमार खनाल, उद्योग संघका सचिब बासु कार्की, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष माधब न्यौपाने, प्रबक्ता काव्यमणी अधिकारी लगायत मकवानपुरमा रहेका संघ संथाहरु र क्षेत्रका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको भेलाले ३ न.प्रदेश राजधानी र मकवानपुरमा रहेका समसामयीक समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

 २०७४माघ १४ गतेको भेलाले जनदबाब समुह मकवानपुरको संयोजकमा ध्रुब प्रसाद चौलागाईलाई तोकी सबै पक्षसंग सरसल्लाहा गरि कमिटीलाई पुर्णता दिने भन्ने निर्णय बमोजिम आज भएको भेलाले धु्रब प्रसाद चौलागाईको संयोजकत्वमा समिति निर्माण गरिएको हो । जसको सदस्यहरु क्रमशः–गोपीलाल बिक, ललित कुमार घलान, प्रदिप कोईराला, बाल कृष्ण चौलागाई, माधब न्यौपाने, तुलसी रिजाल, सरोज खनाल, शान्ता बराल, बिबेक राई, पुष्क बहादुर थापा , उज्वल चौलागाई, मदन दहाल , अमृत कुमार लामा, भानुभक्त, आचार्य, यादब गजुरेल, बासु खतिवडा, इन्दिरा न्यौपाने, प्रमिला के सी, कृष्ण पसाद्र न्यौपाने, अप्सरा बस्नेत, काव्यमणी अधिकारी, सन्तोष चौलागाई, सविन न्यौपाने, रुपेश दुलाल, नानी मैया बिष्ट, बालकृष्ण अधिकारी,कृष्ण सारु, सुधिर थापा, सुदिप सिवाकोटी, मणीराज गौतम, उदय चौलागाई, बिशाल राज महत, बद्रि अधिकारी, रबिन्द्र गौतम, बिनोद रिजाल, बासु कार्की, राम कुमार अधिकारी, धर्मराज पुडासैनी, ईन्दिरा न्यौपाने डल्लाकोटी, गोपी न्यौपाने, तिर्थ थापा, लिला कुमार घलान समेत रहने गरि कमिटि निर्माण गरेको छ । 

उक्त भेलाले मकवानपुर जिल्लामा रहेका प्रमुख राजनैतिक पार्टीका प्रमुखहरु, मकवानपुर जिल्लाबाट सबै क्षेत्रमा बन्नु भएका सांसदहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, हेटौडा उपमहानगरपालिकाका प्रमुख र मकवानपुरका अग्रनी संघसंस्थाहरु सल्लाहकार रहने समेत निर्णय गरेको छ । उक्त भेलाले जन दबाब समुह नामले मानिसमा प्रतिरोधात्मक र कठोर भए जस्तो भान परेकोले आजैका मिति देखि जन दबाब समुहका नाममा भए गरेका सम्पुर्ण उपलब्धी एबं कामहरुको जिम्मा लिई जन दबाब समुह मकवानपुरको नाम बदलेर जन सरोकार केन्द्र मकवानपुर बनाउने र अब उप्रान्त आज बनेको कमिटिले जन सरोकार केन्द्र मकवानपुरको नामबाट सम्पुर्ण कार्य गर्ने निर्णय समेत गरेको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मेरो चुनावी खर्च यति - 2017-05-11

हेटौंडा अनलाईन नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ ।

राष्ट्रवादी समूहको समर्थन भिमसेन महतलाई - 2017-05-11

हेटौंडा अनलाईन मकवानपुरमा क्रियाशिल युवा राजनीतिक राष्ट्रवादी समूहले हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्याशी भिमसेन महतलाई सहयोग गर्ने भएको छ ।

माओबादीको प्रचार-प्रसार कार्यक्रमहरु सम्पन्न - 2017-05-11

हेटौंडा अनलाईन माओबादी केन्द्रले स्थानिय तहको निर्बाचनको औपचारिक प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपा हेटौंडामा आज । फोटो: फिचर - 2017-05-11

हेटौंडा अनलाईन स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा निकालेको ¥यालीमा सहभागी अध्यक्ष कमल थापा, केन्द्रीय सदस्य दीपक सिंह, नगरको मेयरका उमेदवार मधु अधिकारीलगायत ।

बकैया गाउपालिकामा चुनाबी सभा सम्पन्न - 2017-05-11

हेटौंडा अनलाईन स्थानिय तहको निर्वाचन आउन ३ दिनमात्र बाँकी रहँदा मकवानपुरको बकैया गाउपालिकाका स्थानीय राजनैतिक दलहरुले मतदाताको घरघरमा घरदैलो कार्यक्रम सकाएर चुनाबी सभा हरु समापन गरेका छन् ।

बाल अधिकारको संरक्षणप्रति संवेदनशील हुदै अनुगमन कार्य सम्पन्न - 2017-05-11

हेटौंडा अनलाईन स्थानीय चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोगको अवस्था पहिचान गर्दै जिल्ला बाल कल्याण समिती मकवानपुरको अगुवाई तथा महिला तथा बालबालिका कार्यालयको संयोजनमा संयुक्त अनुगमन कार्य सम्पन्न गरेको छ ।

थाहाको तडकभडक रहित चुनावी प्रचार शैली (भिडियो सहित) - 2017-05-10

हेटौंडा अनलाईन मकवानपुर जिल्लाको उत्तरी भेग थाहा नगरपालिकामा स्थानीय निर्वाचन २०७४ को मतदान दिन नजिकिदै गर्दा राजनैतिक दलहरुको प्रचार-प्रसार संगै स्थानीय मतदाता पनि निकै उत्साहित छन् ।

गृह राज्यमन्त्रि इन्द्र बानियाको भोट माओबादी केन्द्रको हसिया हतौडालाइ - 2017-05-10

हेटौंडा अनलाईन चुनाबी सभाहरुमा आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका मकवानपुर नेपाली कांग्रेसका सभापति इन्द्र बहादुर बानियाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्दै हुनुहुन्छ।

दलहरुको घरदैलो आज अन्तिम: ब्यक्तीगत भेटघाटमा जोड - 2017-05-09

हेटौंडा अनलाईन स्थानिय तहको निर्वाचन आउन ५ दिनमात्र बाँकी रहँदा हेटौंडा उपमहानगरपालिकामा दलहरुले मतदाताको घरमा घरदैलो कार्यक्रम सकाएका छन् । दलहरुको अनुसार अबको समयमा ब्यक्तीगत भेटघाटमा जोड दिंदै मुख्य दलहरुले घरदैलो कार्यक्रमको समापन गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013429 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top