The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कृषकहरुको यान्त्रीकरणतर्फ आकर्षण बढ्दो: कृषि यन्त्रमा अनुदानको खाचो - 2017-07-14

आषाढ ३० शुक्रवार, बारा । कृषिमा यान्त्रीकरण तर्फ उन्मुख गराउने सरकाको योजना अनुरुप बाराका केहि किसानहरु कृषियन्त्रहरुलाई अनुसरण गरिरहेका छन । मध्य तराईका केहि कृषकहरु परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै यस आधुनिक प्रबिधिबाट लाभ लिईरहेका हुन ।

खोइ सरकार: तिलाठीबासीको दीर्घकालीन समाधान ? - 2017-07-14

आषाढ ३० शुक्रवार, सप्तरी । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । अनि वर्षा लाग्नासाथ तिलाठीवासीको खोसिन्छ निद्रा ।

राणाको पहिलो पटक कडा विज्ञप्ति: पार्टी कसैको बिर्ता होइन - 2017-07-14

आषाढ ३० शुक्रवार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शंसेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् ।

डसनाभित्र लुकाएर लागुऔषध ओसार्ने एक जना पक्राउ - 2017-07-14

आषाढ ३० शुक्रवार, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित रौतहटको गौर नगरपालिका-३ बस्ने अमित कुमारलाई पक्राउ गरेको छ

वन रक्षकको हत्यारालाई सर्वस्वसहित जन्म कैद - 2017-07-14

आषाढ ३० शुक्रवार, ताप्लेजुङ। जाजरकोट निवासी शाही वन रक्षकमा नाम निकालेर ३ वर्ष अघि ताप्लेजुङ् पाेष्टिङ भएका थिए उनलाई गत पौष १७ गते इलाका वन कार्यलय खोक्लिङमा कार्यरतअवस्थामै घाँटि रेटी हत्या गरिएको थियो ।

सात करोड बढी क्षति: इटहरीमा भीषण आगलागी - 2017-07-14

आषाढ ३० शुक्रवार, इटहरी । गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा भएको हो ।

बलात्कार घटनाको त्रुटिपूर्ण अनुसन्धान: १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने - 2017-07-14

आषाढ ३० शुक्रवार, काठमाडौं । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ ।

रहेनन्न कांग्रेसका पुराना नेता रामहरि जोशी - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौंडा । स्वासप्रस्वासको समस्याले थलिएका जोशीलार्इ असार ७ गते ललितपुरको अल्का अस्पतालमा भर्ना गरिएको थियो । जोशीको ९३ वर्षको उमेरमा बिहीबार साँझ साढे ७ बजे उपचारकोक्रममा निधन भएको हो । उनलार्इ सञ्चो नभएपछि २१ गते काठमाडौँको ग्रान्डी अस्पतालमा रिफर गरिएको थियो । शिक्षा र पर्यटन मन्त्री समेत भएका जोशी २००७ सालदेखि नै कांग्रेसका सक्रिय राजनीतिज्ञ हुन्।

माओवादी घटक समीक्षामा जुटे - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौंडा । स्थानीय तह निर्वाचनलाई आफू अनुकूल प्रयोग गर्न नसकेपछि माओवादी घटक यसरी समीक्षामा जुटेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159357 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top