The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कृषि तथा पशुपन्छी बिमा: बक्यौता २५ करोड पुग्ने - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । चालू आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा कृषि तथा पशुपन्छी बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम २५ करोड पुग्ने भएको छ ।

सचिवहरुको उपलब्धिबिहिन भ्रमण - 2017-07-13

आषाढ २९ बिहीवार, काठमाडौं । अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका विभिन्न देशमा पुग्ने गरेका छन् ।

स्याङ्जाका नेपाली कामदारको कोरियामा मृत्यु - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवकको हिजो विहान ज्यान गएको हो । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको ज्यान गएको हो ।

बाल-पत्रिकाको लागि: बेटर चितवनले सांगीतिक कार्यक्रम गर्ने - 2017-07-12

आषाढ २८ बुधवार, चितवन । बेटर चितवन अभियानले चितवनकै पहिलो मासीक बाल पत्रिका प्रकाशनको लागि श्रावण १४ गते बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कुन-कुन जिल्लामा: क-कस्ले एकलौटी बहुमत - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । स्थानीय तहको चुनाव भएका ६ प्रदेशका ६७ जिल्लाले सम्भावित उम्मेदवारको नाम र बहुमत नभएका ठाउँमा तालमेलको अवस्थाबारे केन्द्रमा जानकारी गराउन नेकपा एमालेले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम २ साताभित्र केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

सरकारको काम कहिलेजाल घाम: राहत पाउनुअघि नै द्वन्द्वपीडितको निधन - 2017-07-12

आषाढ २८ बुधवार, रसुवा । उत्तरगया गाउँपालिका-३, ठूलो गाउँका ४५ वर्षीय रसबहादुर गुरुङको मृत्यु भएको जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जानकारी दिनुभयो । राहतलिन सदरमुकाम धुञ्चे पुगेका द्वन्द्वपीडितको राहत पाउनुअघि नै निधन भएको हो ।

चक्रपथ क्षेत्रमा बिहान र बेलुका ठुला सवारीसाधन रोक - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको संयुक्त बैठकले बिहान ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

९ ओटा सुनका बिस्कुट सहित एकजना पक्राउ: प्लाष्टिकको चामल बेच्ने प्रहरी नियन्त्रणमा - 2017-07-12

आषाढ २८ बुधवार, काठमाडौं । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिएका छन् ।

शोकमा गोर्खाल्यान्ड क्षेत्र: आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुग्यो - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ । घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159349 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top