The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मुग्लिन नारायणगढको विकल्प - 2017-07-04

आषाढ २० मंगलवार, काठमाडौं । राजधानीको ‘लाइफ लाइन’ का रूपमा रहेको नारायणगढ-काठमाडौं सडकको मुग्लिन-नारायणगढ खण्डमा वर्षायामका बेला छिन-छिनमा पहिरो गएर हरेक दिनजसो हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ ।

मलेसियामा अवैधानिक आप्रवासी कामदार पक्राउ सुरु: सय भन्दा बढी नेपाली - 2017-07-04

आषाढ २० मंगलवार, हेटौंडा । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको 'दर्ता कार्यक्रम' सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान शुरु गरेको छ ।

६ बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति - 2017-07-04

आषाढ २० मंगलवार, हेटौंडा । नेपाल राष्ट्रबैंकले ६ बैंक तथा बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ। सोमबार बसेको राष्ट्रबैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंकलाई रिलायवल डेभलपमेन्ट बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ ।

आरक्षलाई निकुञ्ज घोषणा पछि व्यवसायिमा उत्साहा: किसानहरुमा भने चिन्ता - 2017-07-03

आषाढ १९ सोमबार, डुम्मरवाना बारा । सरकारले पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरेपछि प्रदेश नम्बर २ का नागरिकमा उत्साह छाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो नयाँ मूल्यसूची कति-कति - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २ का दरले मूल्य घटाएको हो ।

स्थानीय तहको दुई सय ३७ स्थानमा मतगणना कार्य सम्पन्न - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

प्रभावकारी रुपमा कानुन कार्यान्वयन गर देउवाको निर्देशन - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नयाँ ट्राफिक नियम, काठमाडौंमा जथाभावी मोडन नपाइने, वान वे थपियो - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा परेको अप्ठ्यारो समाधानका लागि ट्राफिक प्रहरीले केही वानवे तथा विभिन्न स्थानमा दायाँ मोड्न नपाइने ब्यवस्था गरेको छ ।

नवलपरासीमा को-को कहाँबाट जिते सदरमुकाममा कांग्रेसको कब्जा - 2017-07-02

आषाढ १९ सोमबार, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको प्रमुख उपप्रमुख सेटै बिजयी भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159361 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top