The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चर्चा भारत भ्रमण: परराष्ट्रमन्त्री भारत भ्रमण जाँदै मोदीलाई नेपाल आउन पहल हुने - 2017-06-23

आषाढ १० शनिवार, हेटौंडा । प्रधानमन्त्रीको भारत भ्रमणमा तयारीका लागि परराष्ट्रमन्त्री दोस्रो चरणको निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ ।

कति होला बिगो कर फर्स्योट अनियमिततामा - 2017-06-23

आषाढ १० शनिवार, हेटौंडा । हाल फरार रहेका कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पक्राउ वारेन्ट जारी गरेको छ ।

कसरी बन्छ स्थानीय तहको बजेट: आगामि २५ गते गाउँसभामा र नगरसभामा बजेट पेश गरिदै - 2017-06-23

आषाढ ०९ शुक्रवार, काठमाडौँ । जननिर्वाचित स्थानीय तहले आगामी असार २५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ । तीन प्रदेशका जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । थप तीनवटा प्रदेशले असार १४ गतेको चुनावपछि जनप्रतिनिधि पाउने छ ।

छिमिकी देश संग राम्रो सम्बन्ध राख्न सक्नुपर्छ । प्र.म. - 2017-06-23

आषाढ ०९ शुक्रवार, हेटौंडा । धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा कांग्रेसप्रति जनलहर बढदै गएको बताउनुभएको छ ।

सुपर जोन परियोजना अलपत्र आगामि आ.ब.बाट काम निरन्तर: प्रमुख - 2017-06-23

आषाढ ०९ शुक्रवार, डुम्मरवाना बारा । स्वदेशी माछामा आत्मानिर्भर बनाउने उदेश्यले बाराको सिम्रौनगढ नगरपालिकालाई केन्द्र बनाएर प्रदेश नम्बर २ मा सञ्चालीत प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना चालु भएको लामो समय बितिसक्दा पनि पोखरि निमार्ण कार्य भने सम्पन्न हुनसकेको छैन । बाराको बिभिन्न क्षेत्रबाट दैनिक रुपमा छ टनमाछा बाहिरिनेगरेको ले ४५ सय घरपरिवार माछापालन ब्यबसायबाट लाभान्दित भएकाछन ।

खोटाङमा एउटै चुनाव चिह्नमा चार पार्टीका उम्मेदवार - 2017-06-22

आषाढ ०९ शुक्रवार, हेटौंडा । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् ।

सुरक्षित शहर बन्दै जितपुर सिमरा उपमहानगर क्षेत्र - 2017-06-22

आषाढ ०८ बिहीवार, सिमरा । सार्वजनिकरुपमा नै चोरी घटनाहरु हुनेगरेकाले यस्ता सार्बजनिक स्थलहरुमा सिसिटिभिको निगरानि बढाउनु आम नागरिकको निम्ति अत्यन्तै लाभदायी कुरा हो ।

बिरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत सिमरा चोकको दुर्दशा - 2017-06-22

आषाढ ०८ बिहीवार, बारा । असारको पहिलो सातामै परेको छिटफुट बर्षाले दुर्दशा भोगीरहेको बिरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत सिमरा चोकमा स्थानियले बुधबार धान रोपेका छन् ।

प्रदेश नम्बर २ का जनप्रतिनिधिको कार्यकाल साढे चार वर्ष मात्रै - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । स्थानीय जनप्रतिनिधिको कार्यालय संविधानतः ५ वर्ष हो । पूरा कार्यकाल काम गर्न पाउन् भनेर स्थानीय तह निर्वाचन ऐनमा नै गाउँ तथा नगरसभाको कार्यकाल सकिनु दुई महिनाअघि चुनाव गर्ने व्यवस्था गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159359 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top