The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


क्यान्सर पीडितलाई सहयोगी हातहरु जुट्दै - 2017-06-21

आषाढ ०७ बुधवार, डुम्मरवाना बारा । रक्त क्यानसर संग लडिरहेकि बारा डुम्मरवाना निवासि डेड बर्षे शिशु सुहाना सापकोटा को उपचारको लागि सहयोगि दाताहरुबाट रकम संकलन भएको छ ।

"योग गरौं स्वस्थ बनौं" भन्दै मनाईयो तेस्रो अन्तराष्ट्रिय योग दिवस - 2017-06-21

आषाढ ०७ बुधवार, बारा । तेस्रो अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ । तेस्रो अन्तराष्ट्रिय योग दिवस २०१७ को अवसरमा आज वीरगंजमा पनी विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

निजगढ नगरपालिका कार्यालयमा नयाँ रोलर - 2017-06-21

आषाढ ०७ बुधवार, निजगढ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानी ३८ लाख ५० हजारमा रोलर मेरिन भित्र्याउन लागेको हो । नगरपालिकामा अहिले केस कम्पनीको रोलर फोर्स कन्सल्टेन्सीले परीक्षणका लागि भित्र्याएको छ ।

अव दाङ जिल्लाभर मदिराजन्य वस्तु बिक्रीगर्न नपाईने - 2017-06-21

आषाढ ०७ बुधवार, हेटौंडा । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय भएको बताए।दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय भएको बताए।

बर्खा लाग्यो मुग्लिन सडकखण्ड अवरुद्ध सुरु - 2017-06-21

आषाढ ०७ बुधवार, हेटौंडा । आज बिहान खसेको पहिरोका कारण चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

तेतरिया सहकारिले दुसाद पविारलाई सहयोग - 2017-06-20

आषाढ ०६ मंगलवार, डुम्मरवाना बारा । सानाकिसान कृषि सहकारि संस्था तेतरिया बारा ले आफनो सेयर सदस्यलाई मरणोउपरान्त काजकृया बापत दिईने राहत रकम प्रदनागरेको छ ।

पार्टिका झन्डाहरु पुत्ला बनाउन प्रयोग - 2017-06-20

आषाढ ०६ मंगलवार, डुम्मरवाना बारा । प्रदेस नंम्बर दुईको स्थानिय निवार्चनको मिति सारिएपछि बाराको ग्रमिण क्षेत्रका मतदाताहरुले पार्टिका झन्डाहरु मकैबारिमा पसुपन्छी धपाउनेकाममा प्रयोग गर्नथालेका छन ।

पुगेन सरकारको नजर बाराको व्यवसायीक बाख्रा फार्म तिर - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । अहिले देशका दक्षशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम दिनानुदिन बढ्दो छ । तर बाराका केहि युवा मिलेर गाउँमा बाख्रा फार्म संचालन गरेको देख्दा सबैमा एक प्रकरको जोस आउंछ ।

लाइसेन्सको नेपालीकरण रोकियो अनियमितता भएको खुलासा - 2017-06-20

आषाढ ०६ मंगलवार, काठमाडौं । विदेशमा बनाइएका लाइसेन्सको नेपालीकरण प्रक्रियामा अनियमितता र आर्थिक चलखेल भएको पाइएपछि एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा लाइसेन्सको नेपालीकरण रोकियो हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159378 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top